खनियाको नयाँ गीत

समाधान संवाददाता २०७९ फागुन १९ गते १०:५५

पोखरा ।
आकाश र पातालको फरक छ तिम्रो र मेरो जिन्दगी
कसरी माया लाउनु र खै म गाउँको तिमी सहरकी
प्रस्तुत हरफ गीतकार हरिहर खनियाँका हुन् । २०६६ सालमा ‘दोष’ एल्बममार्फत आधुनिक सुगम संगीतमा उदाएका खनियाँका ‘मैले बाआमा त्यागेर रोजेको मायाले मलाई धोका दिई…’, ‘आज मेरो जन्मदिन हो…’, ‘म तड्पी–तड्पी मर्दा…’ ‘सबको पिरतीमा घरबार हुन्छ’ लगायतका गीत चर्चामा छन् ।

चर्चा कमाएर १२ वर्षसम्म हराएपछि आफू नहराएको जानकारी दिन केही समयअगाडि उनले ‘म हराएको छैन कतै पनि’ बोलको आधुनिक गीत सार्वजनिक गरेका थिए । उक्त गीतको सफलतासँगै खनियाँ ‘आकाश र पातालको फरक छ’ शीर्षकको आधुनिक गीतका साथ उदाएका हुन् ।

सिडी विजय अधिकारीको स्वरमा रहेको उक्त गीतको संगीत सर्जक खनियाँले नै गरेका हुन् । कमल सौरागको संगीत संयोजन, राजकुमार बगरको मिक्सिङ र रेकर्डिङ रहेको गीतमा त्रिवेणी डिटिजल स्टुडियोको रेकर्ड र टुकी क्रियसनको सम्पादन छ । गीतमा सिडी विजय अधिकारी, आभा थापा, केदार पौडेल, ईश्वर थापा लगायतको भूमिका छ ।

Advertisement

गीतकार प्रतिष्ठान नेपालका अध्यक्षसमेत रहेका खनियाँको प्रस्तुत गीत उनकै हरिहर खनियाँ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । लमजुङमा जन्मेर पोखरामा रहेर छापा तथा मुद्रण व्यवसायमा संलग्न खनिया सफल व्यवसायीका रूपमा समेत परिचित छन् ।

Advertisement

तपाईको प्रतिक्रिया