पोखरामा एमालेको मिसन ग्रास रुट

समाधान संवाददाता २०७९ फागुन १९ गते ११:२२

पोखरा ।
नेकपा एमाले पोखरा महानगर कमिटिका आयोजनामा महानगरका ३३ वटै वडाको वडा कमिटी पदाधिकारी र महानगर सदस्यबीच पार्टी सुदृढीकरण विस्तार अभियान २०७९ भएको छ ।

Advertisement

एमाले केन्द्रीय मायानाथ अधिकारीले नेकपा एमालेले सञ्चालन गरेको ग्रासरुट अभियानले एमालेका कार्यकर्तालाई संगठित गर्दै पार्टी सञ्चालनलाई सुदृढगर्न लागिरहेको बताए । पोखरा महानगर अन्तरगतका ३३ वटै वडाका पदाधिकारीले यस वारेमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

एमालेले पार्टी निर्माणका लागि देशैभर अभियान सञ्चालन जारी राखेकाले यसतर्फ सम्पूर्ण सदस्य एकतावद्ध भएर लाग्नसमेत उनले आग्रह गरे ।

महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सचिवालय सदस्यहरु पुण्य पौडेल र शिव पौडेलले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया