पोखरामा एमालेको मिसन ग्रास रुट
समाधान संवाददाता
२०७९ फागुन १९ गते ११:२२

पोखरा ।
नेकपा एमाले पोखरा महानगर कमिटिका आयोजनामा महानगरका ३३ वटै वडाको वडा कमिटी पदाधिकारी र महानगर सदस्यबीच पार्टी सुदृढीकरण विस्तार अभियान २०७९ भएको छ ।
एमाले केन्द्रीय मायानाथ अधिकारीले नेकपा एमालेले सञ्चालन गरेको ग्रासरुट अभियानले एमालेका कार्यकर्तालाई संगठित गर्दै पार्टी सञ्चालनलाई सुदृढगर्न लागिरहेको बताए । पोखरा महानगर अन्तरगतका ३३ वटै वडाका पदाधिकारीले यस वारेमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
एमालेले पार्टी निर्माणका लागि देशैभर अभियान सञ्चालन जारी राखेकाले यसतर्फ सम्पूर्ण सदस्य एकतावद्ध भएर लाग्नसमेत उनले आग्रह गरे ।
महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सचिवालय सदस्यहरु पुण्य पौडेल र शिव पौडेलले बोलेका थिए ।
सम्बन्धित








इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया