पश्चिमाञ्चल क्याम्पसमा कम्प्युटर प्रणालीबाट परीक्षा

पोखरा ।
इन्जिनियरिङ अध्ययन संस्थानको इतिहासमै पहिलोपटक पश्चिमाञ्चल क्याम्पसमा कम्प्युटर परीक्षा प्रणालीको विधिमार्फत स्नातकोत्तर तहको प्रवेश परीक्षा सम्पन्न गरेको छ ।
काठमाडौँबाहिर शैक्षिक वर्ष २०७९/०८० लागि सूचना प्रविधिको आधारमा कम्प्युटर परीक्षा प्रणालीको विधिमार्फत स्नातकोत्तर तह जिओम्यटिक्स विषयको प्रवेश परीक्षा भएको हो ।
यसपटक जिओम्यटिक्स विषयमा स्नातकोत्तर तह अध्ययन गर्न चाहने विद्यार्थीका लागि उक्त परीक्षा केन्द्रमा व्यवस्था मिलाइएको जानकारी क्याम्पसका क्याम्पस प्रमुख इन्जिनियर निर्मलप्रसाद बरालले जानकारी गराए ।
उनले आगामी दिनमा स्नातक तथा स्नातकोत्तर तहका अन्य विषयहरू अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि पनि पश्चिमान्चल क्याम्पसमा प्रवेश परीक्षा दिन मिल्ने व्यवस्था गराउने उनको भनाई थियो ।
त्यसका लागि अवश्यक प्राविधिक तयारी पनि पूर्ण भएको बरालले जानकारी दिए । यसअघि प्रवेश परीक्षा दिन काठमाडौं नै धाउनुपर्ने बाध्यता अब हटेको छ ।
तपाईको प्रतिक्रिया