मुस्ताङमा गोरु काटेको आरोपमा ६ जना पक्राउ

सुन्दरकुमार थकाली २०७९ फागुन १९ गते १५:२५

जोमसोम ।
गोरु काटेको अभियोगमा ६ जनालाई बिहीबार जिल्ला प्रहरी कार्यालय मुस्ताङले पक्राउ गरेको छ । मुस्ताङको थासाङ–२ सेकुङ जंगलमा गोरु काटेको सूचना प्रहरीलाई जानकारी गराए लगत्तै प्रहरी टोली घटना स्थलमा पुगेको थियो । प्रहरीले घटना स्थल नजिकबाट गोरु काटेको आरोपमा ६ जना व्यक्तिलाई पक्राउ गरेको हो ।

मुस्ताङको थासाङ गाउँपालिका स्थित सेकुङ लेंकमा गोरु काटेको अभियोगमा थासाङ लेतेमा बस्दै आएका रोल्पा थवाङ गाउँपालिका ३० वर्षीय कुलमान मगर, २६ वर्षीय सन्तोष परियार, बाग्लुङ ढोरपाटनका ३२ वर्षीय दिपक मगर, सोलुखुम्बु माकुलुङका ३७ वर्षीय बुद्धि राई, धरान जन्ते ढुंगाका २३ वर्षीय रावल क्षेत्री र ४२ वर्षीय राजकुमार गर्बुजालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

प्रहरीका अनुसार थासाङको सेकुङ जंगलमा प्रहरीले घटना स्थलबाट गोरुको पुच्छरसहितको छाला, गोरुको टाउको र दुई खुट्टा फेला पारेको थियो । स्थानीयको रोहबरमा प्रहरीले बरामत गरिएको टाउँको ,पुच्छर र खुट्टा कानुनी प्रक्रिया पू¥याएर खाल्डो खनी नष्ठ गरेको प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए ।

Advertisement

सेकुङको जंगलमा काठ काठ्ने काम गर्दैआईरहेका कामदारहरुले स्थानीय गिरीसिंह शेरचनको चरनक्षेत्रमा छाडिएको गोरु काटेको प्रारम्भिक अनुसन्धानले पुष्ठि भएको छ । आरोपित व्यक्तिहरुले आफुहरुले गोरु काटेको प्रहरी समक्ष कबुल गरेका छन् ।

नेपालको कानुनले गाई,गोरु मान र कुट्न बर्जित गरेको छ । यदी कसैले गाई गोरु मारेमा त्यस्ता व्यक्तिलाई ३ वर्षसम्मको कैंद सजाय तोकेको छ ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया