नारायणगढ–मुग्लिङ सडक आजबाट नियमित

समाधान संवाददाता २०७९ फागुन २१ गते १०:४१

पोखरा ।
नारायणगढ–मुग्लिन सडक आइतबारदेखि नियमित सञ्चालनमा आउने भएको छ । नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नु परेका कारण गत पुस ५ गतेदेखि दैनिक ४ घण्टा बाटो अवरुद्ध हुँदै आएको नागरिक मुग्लिङ सडक खण्ड आइतबारदेखि नियमित आवतजावत हुने भएको हो ।

Advertisement

मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पुल बनाउने र सडक मर्मत सकिएकाले आइतबारदेखि नियमित रूपमा सडक सञ्चालन गरिन लागेको हो ।

पुल बनाउन ५ ठाउँमा पहाड काट्नु परेको थियो भने अरू ठाउँको पहाड काट्ने काम लगभग सकिएको र तुइन खोलाको एकातर्फ विस्फोट गराउनुपर्ने बाहेक अन्य काम सम्पन्न भएको उनले जानकारी दिए । ‘विस्फोट गराउने बेलामा केही दिनका लागि एकाध घण्टा बाटो बन्द हुन सक्छ तर सवारी आवात जावतमा अब समस्या छैन,’ उनले भने ।

गत पुस ५ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दैनिक ४ घण्टा बाटो बन्द हुँदै आएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया