बाल विद्या स्कुलको वार्षिकोत्सव

पोखरा ।
बाल विधा मन्दिर इङ्लिस बोर्डिङ स्कुलले ३७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । व्यावहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ २०४२ मा स्थापना भएको विद्यालयले शनिबार विविध कार्यक्रम गरी वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
समारोहमा शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख नारायणप्रसाद सुवेदीले विद्यालयकोे शैक्षिक गुणस्तर वृद्धि र प्रभावकारी बनाउन एकल प्रयासले मात्र सम्भव नहुने उल्लेख गरे । उनले अभिभावक, शिक्षक र विद्यार्थी बचिमा सहकार्य हुन आवश्यक रहेको बताए ।
विद्यालयले वार्षिकोत्सवको छेको पारेर शिक्षाविद् डाक्टर गेहेन्द्रमान उदासलाई अभिनन्दन गरेको छ । शैक्षिक क्षेत्रमा उदासले गरेका योगदानको कदर गर्दै अभिनन्दन गरिएको प्रधानाध्यापक कमल गुरुङले बताए । समारोहमाले गुरुङले वार्षिक प्रगति प्रतिवेदनसमेत प्रस्तुत गरेका थिए ।
विद्यालयका निर्देशक राम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी बिबिसा पौडेलले पनि बोलेकी थिइन् । विभिन्न अतिरिक्त तथा शैक्षिक क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुुरस्कार गरिएको कार्यक्रममा भूतपूर्व विद्यार्थीलाई सम्मान गरिएको थियो ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया