माछापुच्छ्रेमा महिला हिंसा विरुद्ध सचेतना

पोखरा ।
११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा माछापुच्छ्रे गाउँपालिका कास्कीमा महिला हिंसा विरुद्धमा सचेतनामूलक कार्यक्रम शुक्रबारदेखि सुरु भएको छ । ‘लैंगिक समानताको बलियो आधार, सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराका साथ कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले सुरुआत गरिन् । महिला भएकै कारणले गरिने हिंसा र दुव्र्यवहार बिरुद्ध सबैले आवाज उठाउनुपर्ने उनको भनाइ छ ।
गाउँपालिकाले महिलाका लागि सीपमूलक तालिमका साथै बिभिन्न क्षमता अभिवृद्धिका कार्यक्रमसमेत सञ्चालन गर्न लागेको उनको भनाइ छ । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गणेश आचार्यले महिला हिंसा विरुद्ध दिवसको अवसरमा मात्र नभई ३ सय ६५ दिन यस्ता अभियान चलाउनुपर्ने बताए ।
कार्यक्रमका प्रशिक्षक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसरिता तिम्सिना पगेनीले ऐन, कानुनमा रहेका समानताका प्रावधान, महिला विकास गर्नुपर्ने व्यक्तित्व र सामाजिक संरचनाबारे प्रकाश पारिन् ।
वडा स्तरीय महिला सञ्जाल माछापुच्छ्रे २ ले आयोजना गरेको कार्यक्रममा बिभिन्न आमा समूहमा आबद्ध ९५ महिलाको सहभागिता थियो । सञ्जाल माछापुच्छ्रे २ का अध्यक्ष युनिशा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य दुर्गा आचार्य र सचिव सीता आचार्यले पनि बोलेका थिए ।









पोखरा बहुमुखीमा लैंगिक हिंसा विरुद्ध सचेतना
ट्रेल रनिङ प्रतियोगितामा पुरुषतर्फ नेपाल र महिलातर्फ अमेरिकालाई उपाधि
एनप्याब्सन क्रिकेटमा ५ खेल
ददिको ज्ञानिकामाथि पोखरामा विमर्श
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया