फ्लो फ्लो कप आयोजकलाई

पोखरा ।
प्रथम फ्लो फ्लो कपको उपाधि आयोजक गन्नी एफसी निलोले जितेको छ । फाइनल खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ३–२ गोल अन्तरले सि फोर्टिन रत्नचोक एफसीलाई पराजित गर्दै आयोजकले उपाधि हात पारेको हो ।
गन्नी एफसीले नगद २ लाख ११ हजार १ सय ११, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । खेलको पहिलो हाफमा रत्नचोकका मनोज नेपालीले गोल गर्दै अग्रता लिएको भएता पनि दोस्रो हाफमा भने रत्नचोक चुक्यो ।
दोस्रो हाफको सुरुमा गन्नीका युनिक गुरुङले सी फोर्टिनका खेलाडीलाई लडाएपछि रेड कार्ड पाएर गन्नी ६ खेलाडीमा सिमित हुन पुग्योे । दोश्रो हाफको बीचमा गन्नीका सुनील गोतामेले १ गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
प्रतियोगिताको उपविजेता सी फोर्टिन रत्नचोकले नगद १ लाख ५ हजार ५ सय ५५, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । खेलमा म्यान अफदी म्याचको उपाधि गन्नी एफसीका सुनील गोतामेले हात पारे । प्रतियोगितामा गन्नीका आकाश रानाभाटले सर्वोत्कृष्ट खेलाडीको उपाधिसहित ट्रफी र नगद ७ हजार प्राप्त गरे ।
सर्वाधिक गोलकर्ता गन्नीकै गणेश क्षेत्रीले नगद ५ हजार प्राप्त गरे भने उत्कृष्ट गोलरक्षकको उपाधि सी फोर्टिनका गोल रक्षक प्रवीण गुरुङले हात पारे । उपाधिसँगै गुरुङले नगद ५ हजार प्राप्त गरे । आर्मीका मेजर खिमबहादुुर क्षेत्रीले रेफ्रीलाई बल हस्तान्तरण गरी फाइनल खेल सुरुआत गरेका थिए ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया