दृष्टिविहीन खेलाडीलाई तालिम

समाधान संवाददाता २०७९ फागुन २१ गते १२:५२

पोखरा ।
नेत्रहीन क्रिकेट संघ कास्कीको आयोजनामा शनिबारदेखि पोखरामा प्रशिक्षण सुरु भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको सहयोगमा ५ दिन चल्ने उक्त प्रशिक्षण शनिबार प्रदेश खेलकुद परिषदका सदस्य एवं नेत्रहीन क्रिकेट संघका केन्द्रीय महासचिव अमृत बरालले सुरुआत गरे ।

Advertisement

उनले शारीरिक रुपमा कुनै न कुनै रुपमा अपांग भए पनि अवसर पाए खेलाडीहरुलेसमाजमा उदाहरणीय कार्य गर्न सक्ने दाबी गरे । नेतृत्व विकास, पत्रकारिता, गमनशिलता लगायतको बिषयमा प्रशिक्षण हुने भएको छ भने नेत्रहीन महिला क्रिकेट खेलाडी छनोटसमेत हुनेछ ।

क्रिकेटका प्रशिक्षक रिजन प्रजु, नेहीन संघका केन्द्रिय महासचिव शिशिर खनाल, नेत्रहीन युवा संघ कास्कीका अध्यक्ष सूर्य भट्टराई लगायतले प्रशिक्षण दिने छन् । आउँदो वैशाख १२ र १३ गते भारतसँग हुने टि ट्वान्टी दृष्टिविहीन महिला क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोटसमेत हुने भएको हो ।

संघका अध्यक्ष अक्षय खड्कीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव शेरजंग गुरुङले समेत बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया