गाउँको विकास भए गुणस्तरीय शिक्षा सम्भवः सभामुख

पोखरा ।
गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले गाउँमै बस्ने वातावरण बनाउन सक्ने हो भने शिक्षाको विकास हुने बताएका छन् । सहिद लखन गाउँपालिका तिनमानेमा अवस्थित जलदेवी माध्यामिक विद्यालयको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा उनले यस्तो बताएका हुन् ।
सभामुख धितालले भने, ‘अहिले गाउँहरु रित्तो हुँदै जाने र विद्यालयमा विद्यार्थी घट्दै जानुले विद्यालयहरु धरासायी बनेका छन् ।’ दक्ष जनशक्ति पलायन आजको मुख्य समस्या भएको उनको ठम्याइ छ । शिक्षाका लागि विद्यालयहरुमा भैतिक प्रगति राम्रो देखिए पनि गुणस्तरीय शिक्षामा उपलब्धि नभएको उनको भनाइ छ ।
गाउँमा रोजगारीको अभाव पनि बसाइँसराइको मुख्य कारक भएको उनले औंल्याए । धितालले भने, ‘शिक्षा पाएपछि आफैं स्वरोजगार हुने र स्वदेशमै केही गर्ने जनशक्तिको अभाव छ । गाउँमा राम्रो शिक्षाको पहुँच नहुँदा बसाइँसराईदेखि अध्यायनका लागि विदेशिनेहरुको संख्या वृद्धि हुँदै गएको छ ।’
तिनमाने वरिपरीको बस्तीमा सुन्तला खेती हुने गरेको स्मरण गर्दै उनले कृषि क्षेत्रको विस्तार र बजारीकरण पनि चुनौति बनेको उल्लेख गरे । सरकारले शिक्षाको विकासमा अर्बाैं खर्च गरे पनि त्यस अनुरुपको परिणाम दिन स्थानीय तहदेखि शिक्षक, स्थानीय बुद्धिजीवी लाग्नु पर्नेमा उनको जोड छ ।
कार्यक्रममा बिद्यालयलाई आर्थिक सहयोग गर्ने, जग्गादाता र अक्षयकोषदाताहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगर, वडा नं. ५ का वडाध्यक्ष यमबहादुर रानामगर लगायतले बोलेका थिए ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया