मादीमा वैदेशिक रोजगारीबाट फर्केकाहरु सुनीलको नेतृत्वमा संगठित

पोखरा ।
मादी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्केर आएकाहरुको सञ्जाल गठन गरिएको छ । वैदेशिक रोजगारी गै नपाले फर्केर अब नजाने गरी यहीँ नेपाल बसेर कुनै पेसा वा व्यवसायमा आबद्ध व्यक्तिहरुको सहभागितामा पालिका स्तरीय आप्रवासी सञ्जाल गठन गरिएको हो ।
मादी गाउँपालिकामा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम अन्तरगत यो सञ्जाल गठन गरिएको हो । गठन कार्यक्रममा बोल्दै सामी कास्कीका कार्यक्रम संयोजक कुमबहादुर गुरुङले नेपालीहरुमा देखिएको पटकपटक वैदेशिक रोजगारीमा जानेआउने/जानेआउने क्रमलाई रोकी केही समय विदेश बसेर आएका व्यक्तिहरुको सीपपुँजीलाई पालिकाको समृद्धिमा जोड्ने फोरमको रुपमा यस्तो सञ्जाल गठन गर्न लागिएको बताए ।
समस्यामा परेर आएकाहरुलाई सहयोग समन्वय र सहजीकरण गर्ने तथा अहिले पनि समस्यामा रहेकाहरुलाई सहयोगका निम्ति विभिन निकायहरुसँग सहजीकरण गर्ने उदेश्य रहेको पनि गुरुङले सुनाए । मादी गाउँ पालिका वडा नम्बर ६ का सुनील बरालको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको र आवश्यकता परे सदस्यहरु थप गर्न सकिने उनले जानकारी दिए ।
त्यस अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले सरकार तथा संघसंस्थाहरुले सहयोगी र समन्वयको भूमिका खेल्ने र परिवर्तन वा समृद्धि आफैबाट नै सुरुवात गर्नुपर्ने आवश्यकता औल्याए ।
गाउँपालिकाको नीति कार्यक्रम र बजेटमा पनि वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई सकेसम्म यही नयाँ व्यवसाय वा उद्यम गरी नफर्किने वातावरण बनाउने विषय उल्लेख गरिएको जानकारी अर्यालले दिए । सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत जिल्लाको अन्य स्थानीय तहहरु पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकामा पनि यस्तै समिति/सञ्जाल गठनको तयारी गरिएको छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया