आस्था सहकारीमा तालिम

समाधान संवाददाता २०७९ फागुन २१ गते १४:०५

पोखरा ।
पोखरा १ बगरमा रहेको आस्था सहकारीमा नवप्रवेशी सेयर सदस्यका लागि सहकारी शिक्षा तथा क्षमता विकास अभिमुखीकरण तालिम भएको छ । तालिममा संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले संस्थाले समय समयमा सहकारीका सदस्यलाई सहकारी शिक्षा तथा बिभिन्न खालका तालिम दिनुपर्ने बताए ।

Advertisement

सदस्यको क्षमता अभिवृद्धि तथा संस्थाप्रति अपनत्व बढाउन यस खालको गतिविधि सहायक हुने उनको भनाइछ । संस्थमा पुरुष ९ सस ७०, महिला ९ सय २३ र संस्थागत ११ गरी १ हजार ९ सय ४ सेयर सदस्य छन् ।

कार्यक्रमको अध्यक्षतासमेत गरेकी शिक्षा उपसमिति संयोजक हसिना बस्नेतले सेयर सदस्यलाई नेतृत्व विकासका लागि गर्नुपर्ने काम र प्रक्रियाका बारेमा प्रकाश पारिन् । संस्थाका कार्यकारी अधिकृत नारायणप्रसाद आचार्यले सहकारी शिक्षा र सहकारीको अवधारणबारे प्रशिक्षण दिएका थिए ।

तालिममा २५ जनाको सहभागिता थियो । कार्यक्रममा शिक्षा उपसमितिका सदस्य हरिप्रसाद देवकोटाले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया