चापापानी सिद्धार्थ सहकारीको प्रशिक्षण

समाधान संवाददाता २०७९ फागुन २१ गते १४:०७

पोखरा ।
चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १२ पुरानोधारामा सहकारी शिक्षा तालिम भएको छ । त्यस अवसरमा भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय गण्डकी प्रदेशका सहकारी रजिष्टार तथा प्रवक्ता चोलाकान्त वाग्लेले सहकारीका सदस्यहरुलाई यस्ता सहकारी शिक्षा तालिमले सदस्यहरुलाई सहकारी भनेको के हो भन्ने कुराको जानकारी हुने बताए ।

चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेशबहादुर कार्कीले चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था कास्कीका औंलामा गनिने सहकारीहरु मध्यमा चिनिने संस्था भएको बताए ।

कार्यक्रममा दैवी प्रकोपमा परेकी सेयर सदस्य अग्नि पीडित योगमाया गुरूङलाई कल्याणकारी कोषबाट २० हजार तथा सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत चापापानी आमा समूहको भवन निर्माणका लागि १५ हजार सयोग गरेको थियो ।

Advertisement

सहकारी संस्थाका अध्यक्ष नरेशबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव श्यामप्रसाद साँखीले कार्यक्रम सञ्चालन गरेका थिए । सहकारीका सहसचिव तथा कार्यक्रम संयोजक दीपक कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सहकारीकी व्यवस्थापक करुणा शाहीले सहकारीका सात सिद्वान्त बाचन गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया