रविनको अध्यक्षतामा सिद्धार्थ टोल
समाधान संवाददाता
२०७९ फागुन २१ गते १४:०८

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १७ छोरेपाटनमा सिद्धार्थराजमार्ग टोल विकास समितिको तदर्थ समिति गठन गरिएको छ । शनिबार बिहान दुर्गा मन्दिर परिसरमा भएको टोल भेलाले रविन गुरुङको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा राममाया बस्ताकोटी, सचिवमा वेदराज ढकाल तथा कोषाध्यक्षमा वेदप्रसाद अधिकारी चयन भए । समितिका सदस्यमा सरीता शर्मा, हिमलाल पौडेल, संजोग प्रधान, थमन परियार र विमल अधिकारी छन् ।
टोलका ज्येष्ठ नागरिक शोभाखर ढकालले टोलभित्रका विकृति, विसंगति हटाउँदै स्वच्छ शान्त टोल निर्माणमा समिति लाग्नुपर्ने बताए । भेलापछि गठन भएको समिति टोल विकासमा लाग्ने अध्यक्ष गुरुङले प्रतिबद्धता जाहेर गरे ।
सम्बन्धित







जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया