रविनको अध्यक्षतामा सिद्धार्थ टोल

समाधान संवाददाता २०७९ फागुन २१ गते १४:०८

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १७ छोरेपाटनमा सिद्धार्थराजमार्ग टोल विकास समितिको तदर्थ समिति गठन गरिएको छ । शनिबार बिहान दुर्गा मन्दिर परिसरमा भएको टोल भेलाले रविन गुरुङको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

Advertisement

समितिको उपाध्यक्षमा राममाया बस्ताकोटी, सचिवमा वेदराज ढकाल तथा कोषाध्यक्षमा वेदप्रसाद अधिकारी चयन भए । समितिका सदस्यमा सरीता शर्मा, हिमलाल पौडेल, संजोग प्रधान, थमन परियार र विमल अधिकारी छन् ।

टोलका ज्येष्ठ नागरिक शोभाखर ढकालले टोलभित्रका विकृति, विसंगति हटाउँदै स्वच्छ शान्त टोल निर्माणमा समिति लाग्नुपर्ने बताए । भेलापछि गठन भएको समिति टोल विकासमा लाग्ने अध्यक्ष गुरुङले प्रतिबद्धता जाहेर गरे ।

तपाईको प्रतिक्रिया