रेडियो अन्नपूर्णको रक्तदान चैत १८ मा

समाधान संवाददाता २०७९ फागुन २२ गते १०:४७

पोखरा ।
रेडियो अन्नपूर्णले आउँदो चैत १८ गते बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । रेडियोले सामाजिक उत्तरदायित्व अन्तर्गत यस वर्ष पनि चैतको तेस्रो शनिबार २१ औं बृहत खुला रक्तदान आयोजना गर्ने भएको रेडियोका स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले जानकारी दिए ।

रक्तदानलाई सफल बनाउन विभिन्न समितिसमेत गठन गरिएको छ । आइतबार बसेको बैठकले कृष्ण सुवेदीलाई संयोजक र सबिन रेग्मीलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ ।

नारायण क्षेत्रीलाई प्रचारप्रसार संयोजकको जिम्मेवारी दिइएको छ । बजार व्यवस्थापकको उपसमितिमा नारायाण पौडेल, आर्थिक व्यवस्थापन संयोजकमा अगन्धर सुवेदी छन् ।

Advertisement

प्रमाणपत्र वितरण तथा रेकर्डमा राजाराम पौडेल, संघ संस्था परिचालनमा आरजु विष्ट सल्यानी, स्वागत तथा स्वयमसेवक व्यवस्थापनमा शोभा नेपाल, प्रत्यक्ष प्रशारणमा कञ्चन थापा, युवा परिचालन उपसमितिमा कविता श्रेष्ठ र प्राविधिकमा नारायण कुइँकेललाई जिम्मेवारी दिइएको स्टेसन म्यानेजार मल्लले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया