१९७ ज्येष्ठ कम्युनिस्टलाई सम्मान

पोखरा ।
नेकपा (एमाले) पोखरा महानगर कमिटी कास्कीले मिसन ग्रासरुट अभियानसँगै २०२९ फागुन २१ को सुखानीका सहिदको सम्झनामा आइतबार कार्यक्रम गरेको छ । समारोहका पोखराका १ देखि ३३ वडा सम्मका १ सय ९७ ज्येष्ठ कम्युनिस्टलाई सम्मान गरिएको छ ।
कार्यक्रममा पार्टीका स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । पार्टीका संगठन विभागका प्रमुखसमेत रहेका अधिकारीले नेपालका कम्युस्टिलाई एक गराउने प्रयास सफल हुन नसकेको बताए । मुख्यमन्त्री अधिकारीले नेपालको एकमात्रै कम्युनिस्ट पार्टी नेकपा (एमाले) रहेको दाबी गरे ।
‘देशमा एमालेबाहेक अर्को कम्युनिस्ट पार्टी रहेन । एक जना रोहित हुनुहुन्छ । अरु सबै जना कांग्रेसको सती गए,’ उनले भने । ज्येष्ठ कम्युनिस्ट योद्धाहरुले देखाएको बाटोमा हिँडिरहेको बताउँदै उनले नेपाली कम्युनिस्ट आन्दोलनलाई अहिलेको अवस्थामा ल्याउन भूमिका खेल्ने सबै ज्येष्ठ नागरिकप्रति नमन गरे ।
उनले आफूहरुले कहिल्यै पनि जानीजानी गल्ती नगरेको र नगर्ने बाचा गर्दै भने, ‘हामी हाम्रै बाटोमा हिँडिरहेका छौं, जानेसम्म गल्ती गरेका छैनौं र गर्दैनौं पनि ।’ कम्युनिस्टको साइन बोर्ड झुन्डाउने जति भए पनि व्यवहारमा एउटामात्रै एमाले रहेको उनको दाबी थियो ।
कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा गण्डकी सहइन्चार्ज मायानाथ अधिकारीले सुखानीको जंगलमा मृत्युवरण गरेका सहिदप्रति सम्मान गरे । उनले सहिदको सपना पूरा गर्ने एकमात्रै कम्युनिस्ट पार्टी एमाले भएको दाबी गरे ।
एमाले केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले नेकपा (एमाले) एकमात्र सच्चा कम्युनिस्ट पार्टी रहेको दाबी गरे । उनले नेकपा (एमाले) को नेतृत्वमा नेपाली कम्युनिस्ट आन्दोलनअघि बढ्ने बताउँदै ज्येष्ठ नागरिकको सम्मान र सहिदको सपना एमालेलेमात्रै पूरा गर्ने बताए ।
कार्यक्रममा पार्टीका गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष मोहन रेग्मी, प्रदेश कमिटीका सचिवालय सदस्य डा पुष्पा केसी भण्डारी, जिल्ला कमिटी कास्की अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य मनबहादुर गुरुङले मिसन ग्रासरुट अभियान तथा पार्टीका ज्येष्ठ कम्युनिस्टले गरेका योगदानका बारेमा बोलेको एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए ।
यसैगरी सहिद दिवस तथा पार्टीको मिसन ग्रासरुट अभियान २०७९ को क्रममा नेकपा (एमाले)अन्नपूर्ण गाउँपालिका कमिटीले आइतबार पालिकाका अग्रज कम्युनिस्ट नेतालाई सम्मान गरेको छ । कार्यक्रममा सबै वडाका गरी २६ जना ज्येष्ठ कम्युनिस्टलाई सम्मान गरिएको गाउँपालिका कमिटीका अध्यक्ष विवेक देवकोटाले बताए ।
पार्टीका गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले पार्टी सुदृढीकरण तथा संगठन विस्तार अभियानको बारेमा प्रकाश पारे । कार्यक्रममा प्रदेश कमिटीका सचिवालय सदस्य तथा जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेल, सचिवालय सदस्य दीपक पौडेल, प्रदेश कमिटी सदस्य तथा गाउँ पालिकाका अध्यक्ष विष्णुबहादुर केसी, प्रदेश कमिटी सदस्य गौरी सुवेदी, जिल्ला कमिटी कास्कीका सदस्यहरु सुरेन्द्र गुरुङ, सगुन गुरुङ र भरतमान गुरुङ, प्रेस चौतारी नेपाल लेखा आयोगका उपाध्यक्ष रामजी लम्साल लगायतले नयाँ ढंगको अभियानले पार्टीलाई पुनर्जीवन दिने बताए ।
पार्टीका पालिका कमिटीका सचिव मदन पौडेलले गत फागुन १७ गतेदेखि सुरु भएको मिसन ग्रासरुट अभियान फागुन २९ गतेसम्म जारी रहने जानकारी दिए । नेकपा मादी गाउँपालिका कास्कीले मिसन ग्रासरुट अभियानसँगै फागुन २१ सुखानीका सहिदहरुको स्मृतिमा ‘झापा किसान संघर्ष, सुखानीका सहिद र जनप्रतिनिधि’ विषयक अन्तक्रिया गरेको छ ।
कार्यक्रममा पार्टीका गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रतिनिधि सभाका सदस्य दामोदर बैरागी, गाउँपालिका कमिटी अध्यक्ष बालकृष्ण गुरुङ लगायतले अभियानका बारेका बोलेका थिए । मिसन ग्रासरुट अभियान तथा सहिद दिवसको अवसरमा नेकपा (एमाले) रुपा गाउँ पालिका कमिटीले वडा नम्बर १ मा ज्येष्ठ कम्युनिस्ट तथा सहिद परिवारलाई सम्मान गरेको पार्टीका केन्द्रीय सदस्य तथा रुपा एवं मादीका प्रतिनिधि भगवती न्यौपानेले जानकारी दिइन् ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया