२ सयको सित्तैमा जाँच

समाधान संवाददाता २०७९ फागुन २२ गते ११:१८

पोखरा ।
लायन्स क्लब अफ तनहुँ र लिओ क्लब अफ तनहुँको आयोजना भएको शिविरमा २ सय ११ जनाको सित्तैमा सुगर, थाइराइड तथा हर्मोन रोगसम्बन्धी रगत जाँच गरिएको छ ।

युआरल दमौलीको प्राविधिक सहयोगमा भएको कार्यक्रमाम वरिष्ठ मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा रमेशराज आचार्यले रोग लाग्नुअघि नै बेला बेलामा जाँच गर्नुपर्ने र लागि हालेमा समयमै जाँच गरी स्वास्थ्य लाभ गर्नुपर्नेमा जोड दिए ।

सुगर, थाइराइड, हर्माेन जस्ता नसर्ने रोगको प्रकोप बढ्दै गएकाले जीवनशैली, खानपान र सचेतना बढाउनुपर्नेमा उनले जोड दिए । युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले संस्थाले प्रदेशभरी नै गुणस्तरीय ल्याब सेवा सजिलै प्रदान गर्ने लक्ष्य लिएको सुनाए ।

Advertisement

सामाजिक उत्तरदायित्व र सचेतना बढाउँदै नागरिकलाई स्वस्थ बनाउने दायित्वसँगै व्यवसायलाई अघि बढाइरहेको उनको भनाइ छ । कार्यक्रममा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, तनहुँका प्रहरी प्रमुख अबदेश विष्ट, युआरएल अदक्ष ठाकुरप्रासद पन्त, रिजनल चेयर पर्सन राजकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

शिविरमा सहभागीलाई मंगलबार बिहान ११ बजेदेखि रिपोर्ट हेरेर विशेषज्ञले सित्तैमा परामर्श दिने आयोजकले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया