अन्नपूर्ण केवलकारमा यात्रुलाई छुट

पोखरा ।
पोखराको पर्यटन क्षेत्रमा नवीनता प्रदान गर्दै आएको अन्नपूर्ण केवलकारले होलीको अवसर पारेर सोमबारदेखि पोखरा वरिपरिको दृश्यावलोकन सहज बनाउँदै केवलकारमा भारी छुटको घोषणा गरेको छ । यो योजना होलीको दिनदेखि पोखरा घुम्ने नेपाली पर्यटकका लागि ल्याइएको केवलकारले जनाएको छ । पोखराको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कम्पनीले यस्तो व्यवस्था गरेको जनाएको छ ।
यसअघि कायम गरिएको दररेटमा ५० प्रतिशतसम्म छुट प्रदान गरिएको अन्नपूर्ण केवलकारका प्रशासन प्रमुख दामोदर तिमिल्सिनाले जनाएका छन् । कम्पनीका अनुसार बिहान ५ देखि साढे ७ बजेसम्म सराङकोटबाट सूर्योदय अवलोकनका लागि जान चाहने पर्यटकले दुईतर्फी भाडा ४ सयमात्रै तिरे पुग्छ । यसअघि सो समयमा ७ सय रुपैयाँ भाडा थियो । त्यसमा भारी छुट प्रदान गर्दै पर्यटकलाई सहजता प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ ।
त्यसमा पनि अपांगता भएका व्यक्तिलाई लक्षित गर्दै दुईतर्फी भाडा ३ सय ५० मात्रै कायम गरिएको कम्पनीले जनाएको छ । विद्यार्थी र बालबालिकालाई पनि छुट प्रदान गरिएको छ । विद्यार्थी र बालबालिकाका लागि बिहान ५ बजेदेखि साढे ७ बजेसम्म दुईतर्फी ४ सय र एकतर्फी यात्राका लागि २ सय रुपैयाँ शुल्क तय गरिएको छ ।
साढे ७ देखि ८ बजेसम्मको समय ‘ब्रेक’ राखिएको छ भने बिहान ८ बजेदेखि साढे १ बजेसम्मका लागि भने पहिलेकै भाडादर तय गरिएको छ । जसमा यो समयमा यात्रा गर्ने अपांगता, बालबालिका र विद्यार्थी बाहेकलाई दुईतर्फी भाडा ७ सयमात्रै कायम गरिएको छ ।
पर्यटकीय नगरी पोखराको सेदीबगरदेखि सराङकोटसम्म केवलकारमा यात्रा गर्न सकिन्छ । केवलकारले सूर्योदर्शन सेवा तथा सूर्यास्तको अवलोकनका लागि यो सेवा प्रदान गरिएको जनाएको छ । रमणीय दृश्यावलोकनका साथै अन्नपूर्णसहित विभिन्न हिमाललाई यो क्षेत्रबाट नजिकबाट नियाल्न सकिन्छ ।
केवलकार कम्पनीले साँझको समयमा पनि छुटको व्यवस्था गरेको छ । बिहानी सेवाजस्तै दिउँसो २ बजेदेखि ६ बजेसम्म यो सेवा प्रदान गर्न लागिएको अन्नपूर्ण केवलकारले जनाएको छ । अन्नपूर्ण केवलकारले यसअघि पनि विभिन्न छुट प्रदान गर्नुका साथै यात्रुका लागि विशेष बस सेवा सञ्चालनमा ल्याएको थियो । स्वेदशी तथा विदेशी पर्यटक यसबाट पनि लाभान्वित भइरहेका छन् ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया