पोखरा २६ मा महिला सञ्जाल
समाधान संवाददाता
२०७९ फागुन २३ गते ११:२३

पोखरा ।
साविक लेखनाथमा पहिलो पटक वडा स्तरीय महिला सञ्जाल गठन भएको छ । पोखरा वडा न २६ को पहलमा हिजो महिला सन्जाल गठन भएको हो ।
स्थानीय महिलाको भेलाले सामजिक कार्यकर्ता लक्ष्मीदेवी भट्टराईको संयोजकत्वमा सञ्जाल बनाएको हो । भेलाले ७ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
स्थानीय तहमा लक्षित वर्ग बजेट कार्यन्वयन गर्न उपयुक्त उपभोक्त समितिको अभाव पूरा गर्न स्थानीय महिला सन्जाल आवश्यक भएको वडा २६ की वडा सचिव मिना भट्टराई भण्डारीले बताइन् । समितिमा स्थानीय स्तरमा राजनीति र सामाजिक काममा सक्रिय महिला आवद्ध छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया