लेखनाथमा लागुऔषध र महिला हिंसा सम्बन्धि जनचेतना

लेखनाथ ।
गण्डकी मिजार समाज र धादिङ पोखरा क्षेत्र नम्बर २ लेखनाथ कल्याणकारी समाज पोखरा २६ को आयोजनामा सोमबार जनचेतनामूलक कार्यक्रम भएको छ । लागुऔषध सेवन आफू पनि नगरौं, अरुलाई पनि नगराऔं, महिला हिंसा वा घरेलु हिंसा बन्द गरौं, बालबालिकाको संरक्षण गरौं, दृष्टिविहीन तथा अपांग व्यक्तिलाई सहयोग गरौं, धूमपान, मद्यपान तथा सुर्तीजन्य पदार्थको सेवन नगरौं लगायत नाराका साथ कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा पोखरा २७ का अध्यक्ष पूर्णकुमार गुरुङले यस्ता कार्यक्रमको माध्यमबाटसमाजमा सचेतना फैलाउँदै जानुपर्ने बताए । स्थानीय क्षेत्रमा विकास निर्माणका कार्यमा हुने चुहावट, ढिलासुस्ती लगायत विषयमा सचेत भएर अघि बढ्नुपर्ने उनले सुनाए ।
कार्यक्रममा वडा नम्बर २६ का वडा सदस्य सुदीपराज ढुंगाना, लायन्स क्लब इन्टरनेसनलका डिस्ट्रिक अफिसर रामचन्द्र सेढाईं, लायन्स क्लब इन्टरनेसनल ३२५ जेका जोन चियर पर्सन घनश्याम ढुंगाना, लायन्स क्लब अफ उन्नति चौतारीका अध्यक्ष मोहनराज आचार्य, जागरुक नागरिक समाज पोखरा २६ का अध्यक्ष रामहरि ढुंगाना लगायतले बोलेका थिए ।
धादिङ पोखरा क्षेत्र नम्बर २ लेखनाथ कल्याणकारी समाज पोखरा २६ का अध्यक्ष बुद्धराज बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी मिजार समाजमा अध्यक्ष गोपाल नेपालीले स्वागत गरेका थिए ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया