पृथ्वीनारायण क्याम्पसमा नेविसंघको होली

पोखरा ।
रङहरुको पर्व होलीको अवसरमा नेपाल विद्यार्थी संघप्रति आस्थावान विद्यार्थीहरुले पृथ्वीनारायण क्याम्पसमा सौहार्दपूर्ण होली विशेष कार्यक्रमको आयोजना गरेका छन् । नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस निवर्तमान सभापति सतीश बास्तोलाको संयोजकत्वमा सो कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा नेपाल विद्यार्थी संघप्रति आस्था राख्ने विद्यार्थीहरुको सहभागिता थियो ।
चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गरिएको होली कार्यक्रममा बोल्दै विद्यार्थी नेता सुशील न्यौपानेले रङहरुको पर्वबाटै आउँदो चुनावको तयारी गर्नुपर्ने बताए ।
‘आउँदो स्ववियू निर्वाचनमा नेवि संघ विजयी भएमा हामी प्रत्येक विद्यार्थी र अभिभावकको रंगीन सपना पूरा गराउने छौँ,’ आउँदो स्ववियु निर्वाचनमा नेवि संघको तर्फबाट सभापतिको दाबेदारसमेत रहेका उनले थपे, ‘पृथ्वीनारायण क्याम्पसमा नेपाल विद्यार्थी संघ कमजोर छैन तर हामीमाथि गरिने षड्यन्त्र, निर्वाचनमा हुने धाँधलीबाट भने सचेत हुनुपर्छ । मुख्य कुरा हामी एकतावद्ध हुनु जरुरी छ ।’
विद्यार्थीमाझ लोकप्रिय नेता न्यौपानेले विद्यार्थीका हकहितका एजेण्डाहरुलाई अगाडि बढाउन कुनै कसर बाँकी नराखिने बताए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया