विपन्नलाई प्रकाश शर्माकाे सहयोग

पोखरा ।
गण्डकी प्रदेशका उपसभामुख विनाकुमारी थापाका स्वकीय सचिव प्रकाश शर्माले असहाय एवं दीर्घरोगीलाई आर्थिक सहयोग गरेका छन् । शर्माले आइतबार ५ जना विपन्न एवं दीर्घरोगीलाई आर्थिक सहयोग गरेका हुन् ।
स्वकीय सचिव शर्माले आफ्नो प्रत्येक महिनाको मासिक पारिश्रमिकबाट केही रकम निरन्तर सामाजिक सेवामा खर्च गर्ने बताए । उनले भने, ‘मेरो मासिक पारिश्रमिकमध्येबाट प्रत्येक महिना ५ जना विपन्न, असहाय एवं दीर्घरोगीलाई उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
स्वकीय सचिव शर्माले पहिलो महिनाको तलबबाट माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३, घाचोक निवासी दुवै मृगौला फेल भई उपचाररत ५० वर्षीया बुद्धिमाया नेपालीलाई १ हजार रुपैयाँ नगद सहयोग गरेका हुन् ।
त्यस्तै आइतबार पोखरा ९ सुकुम्वासी बस्तीमा बस्ने क्यान्सर पीडित दुबै खुट्टा नभएका ४५ वर्षँका कृष्ण परियारलाई आर्थिक सहयोग स्वरुप १ हजार सहयोग गरेका छन् ।
पोखरा ९ पार्वती टोलमा बस्ने लामो समयदेखि पाटे घरको क्यान्सरबाट पीडित ५५ वर्षीया चन्द्रकुमारी पाण्डे, पोखरा ९ शान्तिवन निवासी नसासम्बन्धी रोगबाट पीडित ७० वर्षीया देवी लामा र सोही स्थानका बस्ने शारीरिक रुपमा अपांगता भएकी १९ वर्षकी रूपा परियारलाई समान एक, एक हजार आर्थिक सहयोग गरेका छन् । रुपा परियारका आमा र दाइको गत वर्ष क्यान्सरका कारण मृत्यु भएको थियो ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया