हरिनासका महिला जनप्रतिनिधिलाई तालिम

स्याङ्जा ।
हरिनास गाउँपालिका स्याड्जामा महिला सशक्तीकरण तथा क्षमता विकासका लागि उद्घोषण तथा नेतृत्व विकास तालिम भएको छ । हरिनास गाउँपालिका स्याङ्जाद्वारा महिला जनप्रतिनिधिको क्षमता अभिवृद्घिका लागि आयोजित तालिम समापनमा गाउँपालिका अध्यक्ष खीमनारायण मानन्धरले समाज रुपान्तरणमा महिलाको भूमिका उल्लेखनीय हुने बताए ।
बोल्ने कलाको विकासले महिलाअघि बढ्न निकै सहयोगी हुने हुँदा सफल नेतृ बन्न यो तालिम सहयोगी हुने उनले विश्वास व्यक्त गरे । पूर्व वडाध्यक्ष पर्शुराम सिग्देलेले छोटो समयको तालिमले महिलामा आएको परिवर्तन देख्दा खुसी लागेको बताए ।
गाउँपालिकाकी उपाध्यक्ष इन्द्राकुमारी थापा रानाको अध्यक्षतामा भएको कार्यक्रममा तालिम संयोजन महिला तथा बालबालिका शाखा संयोजक शुकुमाया थापा, सञ्चारकर्मी गोविन्द थापा सिञ्जाली, वडा सदस्य गुन्जन मानन्धर लगायतले बोलेका थिए । तालिममा १८ जना सहभागी थिए ।
तपाईको प्रतिक्रिया