जाल्पा दर्पण लोकार्पण

पोखरा ।
जाल्पादेवी महिला उद्धार समूहको रजत वर्षको अवसरमा जाल्पा दर्पण प्रकाशन भएको छ । १ सय १३ औं अन्तर्राष्ट्रिय नारी दिवासको अवसर पारी पुस्तक सार्वजनिक भएको हो ।
संस्थाका गतिविधि समेटिएको पुस्तक पोखरा महानगरपालिका वार्ड नं ८ का अध्यक्ष रुद्रनाथ बरालले सार्वजनिक गरे । बरालले महिलाले सामाजिक कार्यमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।
जाल्पा दर्पणमार्फत समूहको विगत र वर्तमानसँगै भविष्यका युवा पिँढीलाई विविध सामग्री उपलब्ध हुने अध्यक्ष राधिका थापाले बताइन् ।
कार्यक्रममा संस्थापक अध्यक्ष शारदा सुवेदी, पूर्वअध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, जनप्रिय माविका अध्यक्ष परर्शुराम बराल, सृजना विकास केन्द्रका उपाध्यक्ष कृष्णमान ठुसाजु, केन्द्रका पूर्वअध्यक्ष हरिप्रसाद बराल, जाल्पा बहुउद्देश्यीय समितिका अध्यक्ष विश्व बिजुक्छे लगायतले बोलेका थिए ।
कार्यक्रममा स्मारिका प्रकाशन संयोजक पवित्रा केसी, पूर्व अध्यक्ष कान्ति अधिकारी, उपाध्यक्ष दुर्गा अधिकारी, सचिव अमृता गिरी लगायतले धारणा राखेका थिए ।








पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
गोरखामा माछा मार्न गएका युवक मृत फेला
पोखरा आदर्शका विद्यार्थीलाई साइबर सुरक्षा र अपराध सचेतनाबारे प्रशिक्षण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया