माउन्ट अन्नपूर्णमा पुरस्कार वितरण

पोखरा ।
पोखराको भिसी मार्ग नदीपुरमा अवस्थित माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयले मंगलबार शैक्षिक तथा अतिरिक्त क्रियाकलापका विविध विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीलाई सो समारोहमा वार्षिक पुरस्कर वितरण गरिएको हो ।
कक्षामा प्रथम, द्वितीय र तृतीय भएका,अंग्रेजी तथा नेपाली निबन्ध तथा कविता लेखनका उत्कृष्ट, उत्कृष्ट हस्तलेखन, उत्कृष्ट वक्तृत्वकला, उत्कृष्ट हाउस, उत्कृष्ट अनुशासन, चित्रकलामा प्रथम, द्वितीय र तृतिय भएका, प्रिफेक्ट तथा क्याप्टेन लगायत विभिन्न खेलमा प्रथम, द्वितीय तथा तृतीय हुन सफल विद्यार्थीलाई सो अवसरमा पुरस्कृत गरिएको हो ।
कार्यक्रममा विद्यार्थले नृत्य, गायन, एकांकी नाटक तथा अन्य कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरजप्रकाश प्रधानांगको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष तथा विद्यालयका संस्थापक तेजबहादुर गुरुङ, प्रिन्सिपल सइन्द्र श्रेष्ठ, शिक्षकद्वय महादेव भट्टराई तथा लिली अधिकारी, विद्यार्थीहरु अर्पण पोख्रेल तथा एलिना घिमिरेले बोलेका थिए ।







पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
गोरखामा माछा मार्न गएका युवक मृत फेला
पोखरा आदर्शका विद्यार्थीलाई साइबर सुरक्षा र अपराध सचेतनाबारे प्रशिक्षण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया