अखिल नेपाल महिला संघको अधिवेशन

समाधान संवाददाता २०७९ फागुन २५ गते १२:३८

पोखरा ।
नेकपा एमालेको अभियानको क्रमका नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ पोखरा महानगर कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । कमिटीको अधिवेशनबाट अध्यक्षमा इन्दिरा तिवारी निर्वाचित भएकी छन् ।

Advertisement

उपाध्यक्षमा कल्पना ढकाल, शान्ति शर्मा, सचिवमा पार्वती थापा, सहसचिवमा सरिता सुवेदी कोषाध्यक्षमा कृष्णकुमारी गुरुङ सहित ७५ सदस्यीय कमिटी चयन भएको छ । अधिवेशनको उदघाटन नेकपा एमाले केन्द्रीय सचिव पदमा अर्यालले गरेकी थिइन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य टुका हमालले पद तथा गोपनियताको सपथ खुवाएकी थिइन् ।

तपाईको प्रतिक्रिया