पर्यटन प्रवद्र्धनको लागि चेम्बरको अभियान

समाधान संवाददाता २०७९ फागुन २५ गते १२:४०

पोखरा ।
पोखराको आन्तरिक पर्यटन प्रवद्र्धनको लागि पोखरा चेम्बर अफ कमर्स कास्कीले अभियान गर्न लागेको छ । अन्तर चेम्बर भ्रमण आदानप्रदानसहित ३ दिने पर्यटन प्रर्वद्धनात्मक कार्यक्रम गर्न लागेको संस्थाका अध्यक्ष यमनाथ पौडेलले जानकारी दिए ।

Advertisement

उनले चेम्बरले फागुन २५ देखि २७ गतेसम्म स्याङ्जा, पाल्पा बुटवल, चितवन, काठमाडौं, ललितपुर, भक्तपुर गोरखा र तनहुँसम्म अन्तर चेम्बर भ्रमण तथा पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्ने बताए ।

‘चेम्बरले पोखराको पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रको तर्फबाट विभिन्न गतिविधि गर्दै आएको छ,’ अध्यक्ष पौडेलले भने, ‘कोभिड १९ को प्रकोपका कारण प्रत्यक्ष असर परेको पर्यटन क्षेत्रलाई उकास्न बेला, बखत प्रवद्र्धनात्मक अभियान भएका छन् । चेम्बरले समेत पर्यटन प्रवद्र्धनका लागि अभियान गरेको छ ।’

अध्यक्ष पौडेलले पोखरालाई पर्यटनको केन्द्रमा राखेर आन्तरिक रुपमा पर्यटन प्रर्वद्धनका कार्यक्रम भएको अवस्थामा चेम्बरले समेत अभियानमा साथ दिएको जानकारी दिए । पोखरा चेम्बर अफ कमर्स कास्कीका वस्तुगततर्फ उपाध्यक्ष तथा कार्यक्रम संयोजक उमराज बास्तोलाले भ्रमणको क्रममा पर्यटन प्रवद्र्धनका अलवा उद्योगी व्यवसायीका समस्याका बारेमा छलफल गरिने बताए ।

उनले उद्यमशीलताको विकास र व्यवसाय प्रवद्र्धनका सम्बन्धमा भएका राम्रा अभ्यासका बारेमा समेत अनुभव आदानप्रदान गरिने जानकारी दिए । उनले गण्डकी, वागमती, लुम्बिनी प्रदेशको आर्थिक समृद्धि र पर्यटन प्रवद्र्धनसँग जोडेर अभियान गरेको उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया