एमालेको ग्रासरुट अभियान तीब्र

समाधान संवाददाता २०७९ फागुन २५ गते १२:४४

पोखरा ।
नेकपा एमाले पोखरा महानगर कमिटी बैठक पोखरा महानगरपालिका कमिटीका अध्यक्ष दिलीप न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ । बैठक नेकपा एमालेको ग्रासरुट अभियानको कार्ययोजना पारित गर्दै सम्पन्न भएको थियो ।

Advertisement

बैठकलाई नेकपा एमालेका नेताहरु खगराज अधिकारी, मायानाथ अधिकारी, मनबहादुर गुरुङ, तेजनारायण अधिकारी, बैनबहादुर क्षेत्री लगायतले निर्देश गरेका थिए । नेकपा एमाले जिल्ला कार्यालयमा सम्पन्न भएको बैठकले फागुन १८ गते नगर कमिटीसहित वडा कमिटी पदाधिकारीको बिस्तारित बैठक गर्ने निर्णय गरे बमोजिम बैठक सम्पन्न भएको छ ।

बैठकले ३० गते महानगरपालिकाका जनप्रतिनिधिको भेला गर्ने, फागुन १७ गतेदेखि २७ गते सम्ममा सम्पूर्ण वडा कमिटीको बैठक सम्पन्न गर्ने निर्णय गरेको थियो । फागुन २१ गते पोखरा महानगरपालिकाका ३३ वटै वडा कमिटीका १९६ जना ज्येष्ठ कम्युनिस्टहरुलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमालेले केन्द्रीय अभियान अन्तर्गत स्थानीय पालिका तथा वडा तहसम्म ग्रासरुट अभियान मार्फत संगठन सुदृढीकरण एवं विस्तार तीव्र बनाएको छ । कास्की जिल्लाका ५ वटा पालिका कमिटीको आयोजनामा अभियान अन्तर्गत विविध कार्यक्रम, भेलाहरु भएका छन् ।

नेकपा एमाले पोखरा महानगरपालिका कमिटीको आयोजनामा फागुन ८ गते अभियानका महानगर सहजकर्ता मायानाथ अधिकारीको उपस्थितिमा पदाधिकारी बैठक भएको छ । अभियानका सन्दर्भमा फागुन ९ गते नेकपा एमाले प्रदेश कमिटीबाट महानगरपालिकामा अभियानका लागि खटिएका प्रदेश कमिटी सचिवालय सदस्यहरुसँग तथा फागुन ११ गते महानगरपालिकामा अभियानका लागि खटिएका प्रदेश कमिटी सदस्यहरुसँगको अन्तक्र्रिया भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया