राष्ट्रपतिमा रामचन्द्र निर्वाचित

समाधान संवाददाता २०७९ फागुन २५ गते १७:०१

पोखरा ।
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । राष्ट्रपति चयनका लागि बिहीबार भएको निर्वाचनमा ३३ हजार ८०२ मत पाएर निर्वाचित भएका हुन् । तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा थिए ।

Advertisement

पूर्व सभामुखसमेत रहेका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुन् । साथै अर्का पूर्वसभामुख नेम्वाङलाई एमालेको साथ रहेको थियो ।

निर्वाचक मण्डलमा संघीय संसदसँगै प्रदेशसभा सांसदहरु पनि मतदाता थिए । संघीय सांदको मतभार ७९ र प्रदेशसभा सांसदको मतभार ४८ तोकिएको थियो ।

पौडेलले दोब्बर मतका साथ राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनलाई २१४ संघीय सासद र ३५२ प्रदेशसभा सदस्यले मत दिएका हुन् । नेम्वाङले भने १५ हजार ५१८ मत पाएका छन् । उनलाई ९६ संघीय सांसद र १६२ प्रदेशसभा सदस्यको मत पाए ।

Advertisement

तपाईको प्रतिक्रिया