अर्ली मन्टेसरीमा १२१ को आँखा जाँच

समाधान संवाददाता २०७९ फागुन २६ गते ११:२२

पोखरा ।
अर्ली मन्टेसरीमा भएको आँखा शिविरमा १ सय २१ जनाको सित्तैमा जाँच गरिएको छ । मनिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोगमा पोखरा ५ मालेपाटनमा रहेको मन्टेसरीका विद्यार्थीको आँखा जाँच गरिएको हो ।

अस्पतालको सामुदायिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर गरिएको अस्पतालका सहायक बजार व्यवस्थापक खिमबहादुर लामिछानेले बताए । शिविरमा ५ जना विद्यार्थीको आँखामा जटिल समस्या भेटिएको छ । उनीहरुलाई अस्पताल रिफर गरिएको लामिछानेले जानकारी दिए ।

अस्पतालले वर्षमा सय स्वास्थ्य क्याप गर्ने लक्ष्य राखेको छ । मनिपालको शिविरले बालबालिकामा आँखाको समस्या हुनबाट रोक्न सघाएको बताइन् ।

Advertisement

तपाईको प्रतिक्रिया