घायललाई चलचित्र पत्रकारको सम्मान

पोखरा ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक उपाध्यक्ष नवीन घायलसँग संघको वर्तमान कार्यसमितिले साक्षात्कार गरेको छ । कार्यक्रममा घायललाई सम्मानसमेत गरिएको छ ।
चलचित्र पत्रकार संघ कास्कीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेकोमा संघले उनलाई दोसल्ला, प्रमाणपत्र र मालासहित सम्मान गरेको हो । कार्यक्रममा घायलले संघको स्थापन कालमा आफूहरुले गरेका संघर्षका दिन सम्झिए ।
तत्कालीन समयमा पोखरामा हुने चलचित्र सम्बन्धि गतिविधिका विषयमा नछुटाई लेख्ने पत्रकारमध्ये पर्छन् घायल । सिनेमाका विषयमा लेख्दा लेख्दालेख्दै अभिनयमा समेत उनको सक्रियता बढ्दै गयो ।
घायल हाल अस्ट्रेलियामा बस्छन् । घरदेश छाडेर परदेश गएपछि पनि चलचित्रसम्बन्धी गतिविधिमा उनको सक्रियता पाइन्छ । अस्ट्रेलियामा समेत नेपाली चलचित्र विषयमा विविध कार्यक्रम आयोजना गर्ने गरेका छन् ।
चलचित्र पत्रकारिता र नेपाली चलचित्र क्षेत्रप्रतिको माया आफूलाई अझै पनि लाग्ने गरेको अभिव्यक्ति उनको छ । चपस कास्कीको संस्थापक उपाध्यक्ष भएर आफूले गरेका कामले नै सफलता दिलाएको अनुभूति उनी सुनाउँछन् ।
संस्थापक अध्यक्ष श्रीराम सिग्देलले चलचित्र पत्रकार संघ कास्कीको स्थापना कालमा घायलको सक्रियताले आफूलाई सहयोग मिलेको बताए । संस्थापक पदाधिकारी र सदस्यलाई चपस कास्कीको वर्तमान कार्यसमितिले गरेको सम्मान सराहनीय भएको भनाइ उनको छ ।
संघका पूर्वअध्यक्ष अरुण गिरीले संघका अग्रजसँग साक्षत्कार कार्यक्रम गरी संस्थाले नवीन कार्य सुरुआत गरेको बताउ । यसले संस्थापक पदाधिकारी र सदस्यलाई पनि संघप्रति अपनत्व हुने विश्वास उनको छ ।
संघका अध्यक्ष प्रभु अधिकारीले चपस कास्कीलाई आजको दिनसम्म ल्याउन महत्वपूर्ण भूमिका खेल्ने संस्थापक उपाध्यक्ष घायललाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । संस्थापक पदाधिकारी र सदस्यहरुको साथ मिल्नेमा उनी विश्वस्त छन् ।
कार्यक्रममा संस्थाका सल्लाहकार सुरेश रानाभाट र संस्थाका शुभचिन्तक सोभित बस्यालले घायललाई सम्मान गरेर चपस कास्कीले संस्थाको मर्यादालाई माथि उठाएको बताए ।







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया