३ जनालाई कर्मठ नारी जननी अवार्ड

पोखरा ।
पद्मावती मिडिया प्रालिद्धारा सञ्चालित रेडियो जननीले १० औं वार्षिकोत्सव मनाएको छ । १ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा रेडियो वार्षिकोत्सव समारोह आयोजना गरेको हो । कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्यले महिला ३३ प्रतिशत आरक्षणमै सन्तुष्ट भएर बस्न नहुने बताए । सूचनाको विकाससँगै असल सञ्चारकर्मी उत्पादनमा कम भएकोमा उनले चिन्ता प्रकट गरे ।
रेडियोका अध्यक्ष हिरा भट्टराईले रेडियोले महिलाका मुद्दालाई आवाजमा रुपान्तरण गरेको जनाइन् । उनले रेडियोले आमा अक्षयकोष पनि स्थापना गरेको जानकारी दिइन् । उनले भनिन्, ‘जसको सुरुवात हामी आफैंले आमाको नामबाट अक्षयकोष स्थापना गरी गरेका छौं ।’
सो अवसरमा जननी अवार्डवाट सामाजिक अभियन्ता मैयाँ थापा, पद्यमावती अवार्डबाट क्यान्सर विरुद्धकी अभियान्ता लक्ष्मी शर्मा भट्टराई र स्याबी अवार्डवाट गुन्यु चोलो बुटिककी सुष्मा पाण्डेलाई सम्मान गरिइएको छ ।
कार्यक्रममा रेडियोका संस्थापक तथा सल्लाकार पत्रकार नारायण कार्की, अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, पोखरा महानगर वडा नं. २ का वडाध्यक्ष दिवस प्रधानांग, गण्डकी प्रदेश सामाजिक विकास कार्यालयका अधिकृत प्रमुख ईन्द्रबहादुर थापा, पृथ्वीनारायण क्याम्पसका प्राडा कुष्माकर न्यौपाने, सम्मानित व्यक्तित्वत्रय मैयाँ थापा, लक्ष्मी शर्मा भट्टराई, सुष्मा पाण्डे, गृहलक्ष्मी ग्यास डिपोका सञ्चालक धर्मराज बर्तौला, कार्यक्रम प्रस्तोता सबु पाठक, भक्तराज रसाइली, कार्यक्रम संयोजक सविता शेरचन, पत्रकार जमुना वर्षा शर्मा लगायतले बोलेका थिए ।








भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया