गृह श्रमिक संघद्वारा सहयोग र सम्मान

समाधान संवाददाता २०७९ फागुन २६ गते १२:५२

पोखरा ।
१ सय १३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ‘रोजगार तथा मर्यादित कार्यका लागि महिला हिंसा तथा दुव्र्यवहाररहित कार्यस्थलको निर्माण गरौं’ भन्ने मूल नाराका साथ नेपाल गृह श्रमिक संघ कास्कीले पनि विविध कार्यक्रम गरेको छ ।

Advertisement

संघले धूप बनाउने तालिम, पोखरा १७ स्थित मानव सेवा आश्रमका लागि खाद्यान्न, लत्ता कपडा, औषधी सहयोग र सम्मान कार्यक्रम गरेको अध्यक्ष गीता पंगेनीले जानकारी दिइन् । कार्यक्रममा महिलाका क्षेत्रमा महत्वपूर्ण कार्य गरी योगदान गरेको भन्दै कुलदेवी बराल, लालीमाया रेग्मी, मीरादेवी आचार्य र माया लामिछाने सापकोटालाई सम्मान गरिएको छ ।

कार्यक्रममा बोल्दै संविधानसभा सदस्य शारदा पौडेलले देशका हरेक परिवर्तन, समाज रुपान्तरण र मुलुक निर्माणमा महिलाको महत्वपूर्ण भूमिका रहेको औंल्याए । नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य जितबहादुर गुरुङ, गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा, कास्कीका अध्यक्ष विजयराज भण्डारीले हरेक क्षेत्रमा महिलाको सहभागिता आवश्यक रहेको बताए ।

त्यस अवसरमा नेपाली कँंग्रेसका महासमिति सदस्य रंगिला आचार्य, कोपिला तिवारी, नेपाली कांग्रेस कास्की सहसचिव नवीन सिग्देल, नेपाल कारागार श्रमिक संघका केन्द्रीय उपमहासचिव केशवराज भण्डारी, नेपाली कांग्रेस पोखरा १७ का अध्यक्ष देवराज आचार्य, नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका निवर्तमान अध्यक्ष कुलदेवी बराल, सचिव रुद्र तिमिल्सिना, नेपाल गृह श्रमिक संघ कास्कीकी संस्थापक अध्यक्ष लालीमाया रेग्मी, महिला नेतृ माया लामिछाने सापकोटा लगायतले बोलेका थिए ।

नेपाल गृह श्रमिक संघ कास्कीका अध्यक्ष गीता पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सपना गिरीले स्वागत, सचिव ज्ञानु श्रेष्ठ र सदस्य विद्या पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया