जनज्योति विद्यालयमा पूर्वविद्यार्थी मञ्च

समाधान संवाददाता २०७९ फागुन २६ गते १३:१४

पोखरा ।
पोखरा महानगरपालिका २८ कालिकाको जनज्योति माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको भेलाले दिनेश लामिछानेको अध्यक्षतामा जनज्योति मावि पूर्व विद्यार्थी मञ्च तदर्थ समिति गठन गरेको छ । ९ सदस्यीय मञ्चको उपाध्यक्षमा लक्ष्मी पौडेल लामिछाने, सचिव दुर्गा अधिकारी र कोषाध्यक्षमा शान्ति सुवेदी छन् ।

Advertisement

सदस्यमा विश्वराज पौडेल, सुदीप त्रिपाठी, बुद्धिसागर भण्डारी, साजन गुरुङ र शान्ति भुजेल छन् । बाँकी सदस्य पछि मनोनित गरिने अध्यक्ष लामिछानेले बताए । मञ्चको शिक्षा उपसमिति संयोजक सञ्जीव त्रिपाठी, विदेश विभाग उपसमिति संयोजक विश्वराज पौडेल, अस्ट्रेलिया संयोजक सन्तोष पौडेल, अमेरिका संयोजक राजन घिमिरे, जापान संयोजक दीपेन्द्र लामिछाने र कोरिया संयोजक संगम केसी छन् ।

मिडिया उपसमिति संयोजक माधव बराल, सामाजिक विकास उपसमिति संयोजक रामचन्द्र रानाभाट, एसएलसी ब्याच उपसमिति संयोजक प्रकाश पौडेल र लेखा उपसमितिच संयोजक शान्ति भुजेल चुनिएका छन् । मञ्चको कानुनी सल्लाहकारमा शिवबहादुर भुजेल छन् ।

२०१६ पुस १६ गते स्थापना भएको जनज्योति माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीलाई समेटर विद्यालयको भौतिक तथा शैक्षिक विकासका साथै सामाजिक विकासमा योगदान पुर्‍याउने लक्ष्यका साथ मञ्च गठन गरिएको हो । मञ्चले विद्यालय र पूर्व विद्यार्थीबीचमा पुलको काम गर्ने र भौतिक रुपमा उपस्थित हुन नसक्ने पूर्व विद्यार्थीलाई भर्चुअल माध्यमबाट जोड्ने योजनासमेत बनाएको अध्यक्ष लामिछानेले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया