पोखरा–२६ लाई नमुना वडा बनाउछाैं: वडाअध्यक्ष थापा

समाधान संवाददाता २०७९ फागुन २६ गते १६:२१

फागुन ।
पोखरा महानगरपालिका वडा नं. २६ स्थित प्रगतीटोलमा महानगरकै नमुना सडक निर्माण भएको छ । नवनिर्मित सडकको शुक्रबार वडाध्यक्ष नरेन्द्र थापाले उद्घाटन गरेका छन । सडकको उद्घाटन गर्दै वडाध्यक्ष थापाले आफु पाँच वर्ष जनताको काम गर्नका लागी चुनिएर आएको बताउँदै हिजोका जनप्रतिनिधिले के गरे ? र हामीले के गरेका छौं ? त्यसको मल्यांकन वडावासीले गर्ने उनकाे भनाई थियाे ।

Advertisement

विगतमा ५०/६० लाख बजेट आएर पनि फ्रिज हुने गरेको वडामा अहिले आफ्नो नेतृत्वमा महानगरबाट ४ करोड, प्रदेश सरकारबाट ६ करोड र भौतीक पुर्वाधार मार्फत ४ करोड गरी झण्डै १४/१५ करोडको हाराहारीमा बजेट ल्याउन सफल भएको उनले दावी गरे ।

थापाले वडाभित्र वजेट बिनियोजन गरिएका शत प्रतिशत योजनाहरु सम्झौता भई अन्तिम चरणमा पुगेको बताउँदै वडाका कर्मचारीहरुको अहोरात्र खटाई, उभभोक्ता संस्थाहरु र टोलविकास संस्थाहरुको सक्रियताले वडा महानगरभित्रकै नमुना वडाको रुपमा चिनिन सफल भएकोमा यसले आफुलाई थप हौसला मिलेको बताए ।

निर्वाचनका बेला आफुले पुरा गर्छु भनेका प्रतिवद्धताहरु मध्ये अधिकांश प्रतिवद्धताहरु पहिलो वर्षमै पुरा भएको दावी गर्दै यसरी नै वडावासीको साथ सर्मथन र अग्रसरता मिलेको खण्डमा वडा नं. २६ लाई महानगरकै नमुना र सम्मृद्धि वडा बनाउन सकिने समेत बताए ।

वडा सचिव मिना भटृराईले सम्पन्न भएको योजना भौतीक विकासतर्फ उदाहरणीय बनेको र यस सँगसँगै महिला शसक्तिकरण, स्वास्थ्य सचेतना सरसफाई, बालविवाह लागुपर्दाथ दुव्यर्सनी लगायतका विभिन्न विकृती विसंगतीहरुको रोकथाम तथा नियन्त्रण लगायतका सामाजीक विकासमा पनि ध्यान दिनुपर्ने बताइन् ।

Advertisement

लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, समाजसेवी चन्द्र बहादुर रानाभाट, कृषि सञ्जाल वडा नं.२६ का सचिव ईश्वरराज भण्डारी लगायतले बोलेका थिए ।

उपभोक्ता समितिले योजना सम्पन्न गराउन उल्लेखनीय भुमिका निर्वाह गरेकोमा वडाध्यक्ष नरेन्द्र थापा, प्रगती टोल विकास संस्थाका अध्यक्ष प्रसाद गुरुङ, निर्माण समितिकी कोषाध्यक्ष अनिशा रानामगर, सचिव अनिता थापा मगर, सदस्यहरु रामप्रसाद गुरुङ, राजेन्द्र पतनी, वडाका प्राविधिकहरु ईञ्जिनियर रामजी प्रसाद त्रिपाठी, जुनियर ईञ्जिनियर संकल्प ढुंगानालाई सम्मान गरिएको थियो ।

वडाले विनियोजन गरेको महानगरस्तरिय योजना मध्येकै ठुलो योजनाको रुपमा रहेको उक्त सडक ढलान तथा नाला निर्माण योजनाका लागि वडा नं. २६ को ६५ लाख रुपैया र उपभोक्ताको तर्फबाट २७ लाख ८६ हजार रुपैया रुपैयाँ गरी कुल ९२ लाख ८६ हजार रुपैयाँको लागतमा सडक निर्माण सम्पन्न भएको हो ।

कुल ७ सय मिटर लम्बाई र ६ मिटर चौडाई रहेको उक्त सडकमा सडकमा दायाँ बाँया नाला निर्माण गरिएको छ भने हरियाली प्रवद्र्धनमा पनि बिशेष ध्यान दिईने उपभोक्ता समितिका अध्यक्ष प्रसाद गुरुङले जानकारी दिए । सडक निर्माण पछि त्यस क्षेत्रका झण्डै पाँचसय घरपरिवार सहितका उपभोक्ताहरु लाभान्वित भएका छन् ।

तपाईको प्रतिक्रिया