पोखरामा सुजुकीको ग्राण्ड भिटारा र नयाँ ब्रेजा सार्वजनिक

पोखरा ।
पोखरामा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ गाडी सार्वजनिक गरेको छ । नेपालका लागि सुजुकी ब्राण्डको चार पांग्रे सवारी साधनको गण्डकी, धौलागिरीको आधिकारिक वितरक बतास बदर्श प्रा.लिले यी दुवै गाडी पोखरामा सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार ‘द ग्राण्ड भिटारा’ गाडी सुजुकी ब्रान्डको बहुप्रतिष्ठित मोडेल हो । यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै ‘क्राफ्टेड फ्युचरिज्म डिजाइन ल्यांगवेज’ को प्रयोग गरिएको छ । जसका कारण अरु भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको कम्पनीको भनाइ छ ।
सुजुकीको लेजेण्डरी अल ग्रिप टेक्नोलोजीले यस एसयूभीको अफ–रोड क्षमता बढाउँछ । साथै यो सेग्मेन्टको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि पाउन सकिन्छ । ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक अत्याधुनिक र कम इन्धन खपत गर्ने ‘फुल हाइब्रिड’ प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ ।
पुरानो संस्करणको भिटारा ब्रेजा नेपालकै सर्वाधिक बिक्री हुने एसयूभी हो । ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ । यो स्पोर्टी एसयूभीले स्टाइलिस र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फाेमेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गर्ने कम्पनीले बताएको छ । नयाँ ब्रेजामा हाई–टेक सुविधाहरू रहेका कारण शहर र बाहिर सडकहरूमा चलाउँदा उपयोगी हुने छ ।
प्रतिस्पर्धी एसयूभी सेग्मेन्टमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने विश्वास कम्पनीले लिएको छ । बतास बदर्श प्रा.लिका राजेश रानाभाट र सुजुकी सेल्स म्यानेजर नवराज अधिकारीका अनुसार पछिल्लो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च छ । नेपालको सन्दर्भमा एसयूभी गाडी उचित रहेको कम्पनीको दाबी छ ।
ग्राहकहरुले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने भएकोले नयाँ ग्रान्ड भिटारा र ब्रेजा गाडी उनीहरुका लागि गेम चेन्जर हुने कम्पनीको दाबी छ ।
न्यू ग्राण्ड भिटारा
यो कलात्मक डिजाइन गरिएको गाडी हो । यो गाडी विद्युत र पेट्रोल दुवैबाट चल्छ । यसले २७.९७ किलो मिटर माइलेज दिन्छ । यसमा रंगिन हेड्स अप डिस्प्ले जडान गरिएको छ । चालक र सहचालक दुवैका लागि भेन्टिलेटेड सिट प्रयोग गरिएको छ । यसमा ६ वटा एयरब्याग छन् । गाडीको चार वटै चक्कामा डिक्सब्रेक जडान गरिएको कम्पनीले बताएको छ ।
न्यू ब्रेजा
यो गाडी चालकको आराम र सुविधालाई ध्यान दिई डिजाइन गरिएको छ । यसमा प्रयोग गरिएको फराकिलो सिटले लामो यात्रा गर्न सहज हुन्छ । यसमा रंगीन हेड्सअप डिस्प्ले जडान गरिएको छ । ग्राहकले यो गाडीको खरिदमा क्युआई प्रमाणित वायरलेस चार्जर पाउँछन् । गाडीमा ६ वटा एयरब्याग जडान गरिएको छ । यसको सबै भेरियन्टमा इलेक्ट्रोनिक स्टेविलिटी कन्ट्रोल र हिलहोल्ड असिस्ट प्रणाली जडान गरिएको छ ।
तपाईको प्रतिक्रिया