रुपा गाउँपालिकाकाे स्थापना दिवसमा भलिबल प्रतियाेगिता

पोखरा ।
रुपा गाउँपालिकाको स्थापना दिवस विविध कार्यक्रम गर्दै मनाएको छ । स्थापना दिवसको अवसरमा अध्यक्ष कप खुल्ला पुरूष भलिवल प्रतियोगिता, रूपा गाउँपालिका स्तरीय झाँकी प्रदर्शन प्रतियोगिता, माला प्रतियोगिता सम्पन्न भएका छन् ।
अध्यक्षकप भलिवल प्रतियोगितातर्फ चापाकोट नगरपालिका वडा नं. ४ स्याङ्जाले उपाधि जित्न सफल भएको छ । विजेताले १ लाख २५ हजार र ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । शुक्लागण्डकी नगरपालिका १२ तनहुँ उपविजेता बन्दै नगद ८० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा गलकोट नगरपालिका ५ बागलुङले तृतीय स्थान हाँसिल गरी नगद ५० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
वेष्ट प्लेयर चापाकोटका सन्तोष थापा, वेष्ट सर्भर गलकोटका रिजन राना, वेष्ट ब्लकर चापाकोटका बिबश पुलामी, वेष्ट सेटर चापाकोटका आकाश सारु, वेष्ट लिब्रो चापाकोटका आशिष पुलामी र वेष्ट स्पाईकर शुक्लागण्डकीका सञ्जु विक्रम शाह घोषित भए ।
रुपा गाउँपालिका स्तरीय झाँकी प्रदर्शन प्रतियोगितामा रुपा गाउँपालिका वडा नं. ५ अन्तर्गत फेदी नेवाःखलले प्रथम स्थान हासिल गर्दै नगद ३० हजार र प्रमाणपत्र प्राप्त गर्यो । वडा नं. ६ शान्ती रुपा बराहथोक तमु समुहले द्वितिय स्थान हाँसिल गरी नगद २० हजार र प्रमाणपत्र प्राप्त गर्दा वडा नं. ५ अन्तर्गत रुपा देउराली नेवाःखलले तृतीय स्थान हाँसिल गर्दै नगद १०००० र प्रमाणपत्र र वडा नं. ६ स्थित प्रगतिशिल आमा समूहले सान्त्वना स्थान हाँसिल गर्दै नगद ५ हजार र प्रमाणपत्र प्राप्त गरे ।
माला प्रतियोगितातर्फ रुपा गाउँपालिका वडा नं. ५ अन्तर्गत डोटेलकुना आमा समुहले प्रथम, रामलक्ष्मी सामुदायिक परोपकार पुस्तकालयले द्वितिय र आँपुखोला टोल सुधार समितिले तृतिय स्थान हासिल गरे । प्रथम, द्वितिय र तृतियले क्रमशः ६६६७, ४ हजार र २६६७ सहित प्रमाणपत्र प्राप्त गरे ।
रुपा गाउँपालिकाले विभिन्न क्षेत्रबाट गाउँपालिकाको सर्वांगिण विकासमा सहयोग पुर्याउनेलाई रुपा रत्न सम्मान २०७९ बाट समेत सम्मान गरेको छ । रुपा गाउँपालिकाको अध्यक्ष नवराज ओझाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, विशिष्ट अतिथि संघीय सांसद मनबहादुर गुरुङ र जीवन परियार लगायतका उपस्थिति थियो ।
कार्यक्रममा स्वागत मन्तव्य रुपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङ र शुभकामना मन्तव्य प्रमुख अतिथि गण्डकीका मुख्यमन्त्री अधिकारी, सांसद गुरुङ, सांसद परियार, उपसचिव सीता परियारले राखेको थिए । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपाने, जीवन दाहाल र शिवहरी ढुंगानाले साँगितिक प्रस्तुती राखेका थिए । कार्यक्रमम सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगाना गरेका थिए ।
तपाईको प्रतिक्रिया