खोराको मुखमा माछापुच्छ्रेको सेवा केन्द्र

समाधान संवाददाता २०७९ फागुन २८ गते ११:४३

पोखरा ।
माछापुच्छ्रे गाउँपालिका वडा नं. २ मा प्रधान कार्यालय रहेको सार्दीखोला बचत तथा ऋण सहकारीले माछापुच्छे ८ खोरामुखमा सेवा केन्द्र खोलेको छ । पालिका उपाध्यक्ष सीता अधिकारीले सेवा केन्द्र सुरुआत गरिन् ।

Advertisement

उनले पालिकाभित्र सहकारीले उल्लेख्य योगदान गरेको बताइन् । गाउँपालिका भरी भएका सहकारीको अनुगमनको सार्दीखोला उत्कृष्ट पाइएको उनले जनाइन् । सहकारीको प्राण नै बचत भएकाले सदस्यलाई नियमित बचत गर्न उनले आग्रह गरिन् ।

माछापुच्छ्रे गाउँपालिकाभरि कार्य क्षेत्र रहेको यो सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत त्यस भेगमासरसफाइ, रक्तदान, कृषकलाई बिउ बीजन वितरण, छात्रवृत्ति प्रदान तथा स्टेसनरी वितरण जस्ता रचनात्मक कामसमेत गर्दै आएको छ ।

कार्यक्रममा सहकारीले सहिद हरिप्रसाद आधारभूत माविमा अध्ययनरत २ विद्यार्थीलाई जनही ५ हजार प्रदान गरेको प्रमुख कार्यकारी अधिकृत गोविन्दराज आचार्यले बताए ।

सहकारीका अध्यक्ष सर्वजीत गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्था प्रवद्र्धन तथा खोज बिशेष समिति संयोजक सन्तोष आचार्य, अप्सरा गौतम लामिछाने, जितबहादुर क्षेत्री, दुर्गाबहादुर गुरुङ, बलराम रानाभाट, सचिव रामप्रसाद आचार्यले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया