भीरकोट सहकारीका सदस्यलाई गण्डकी मेडिकल कलेजमा छुट
समाधान संवाददाता
२०७९ फागुन २८ गते १३:०२

पोखरा, २८ फागुन
भीरकोट पोखरा बहुउद्देश्य सहकारीका सेयर सदस्यले गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिर्सच सेन्टरमा स्वास्थ्य परिक्षण गर्दा छुट पाउने भएका छन् । हस्पिटलका तर्फबाट प्राचार्य डा रविन्द्रप्रसाद श्रेष्ठ र सहकारीका अध्यक्ष टोलप्रसाद अर्यालबिच सम्झौता भएको हो ।
सम्झौता अनुसार दर्तामा २०, बहिरंग सेवा (ल्याब, एक्सरे, इसीजी, युएसजी, सिटी स्क्यान, एमआरआई) मा १०, अन्तरंगमा १० र दन्त सेवामा १५ प्रतिशत छुट पाउने उल्लेख छ ।
सहकारीले सेयर सदस्य र सेवाग्राहीलाई प्रमाणित गरेर पठाएपछि अस्पतालले सम्झौता बमोजिम तोकिएको छुट उपलब्ध गराउनेछ ।

सम्बन्धित








तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया