भीरकोट सहकारीका सदस्यलाई गण्डकी मेडिकल कलेजमा छुट

समाधान संवाददाता २०७९ फागुन २८ गते १३:०२

पोखरा, २८ फागुन
भीरकोट पोखरा बहुउद्देश्य सहकारीका सेयर सदस्यले गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिर्सच सेन्टरमा स्वास्थ्य परिक्षण गर्दा छुट पाउने भएका छन् । हस्पिटलका तर्फबाट प्राचार्य डा रविन्द्रप्रसाद श्रेष्ठ र सहकारीका अध्यक्ष टोलप्रसाद अर्यालबिच सम्झौता भएको हो ।

सम्झौता अनुसार दर्तामा २०, बहिरंग सेवा (ल्याब, एक्सरे, इसीजी, युएसजी, सिटी स्क्यान, एमआरआई) मा १०, अन्तरंगमा १० र दन्त सेवामा १५ प्रतिशत छुट पाउने उल्लेख छ ।

सहकारीले सेयर सदस्य र सेवाग्राहीलाई प्रमाणित गरेर पठाएपछि अस्पतालले सम्झौता बमोजिम तोकिएको छुट उपलब्ध गराउनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया