लेखन कार्यशाला समापन

समाधान संवाददाता २०७९ फागुन २८ गते १३:०९

पोखरा ।
पोखरामा ४ दिने लेखन कार्यशाला भएको छ । बुधबार सुरु भएको कार्यशाला आयोजना नौलो बहसले गरेको हो । पुस्तक परिचर्चा लगायतका साहित्यिक गतिविधि गर्दै आएको संस्थाले यस पटक लेखनमा रुचि भएका नवोदित स्रष्टालाई लक्षित गर्दै कार्यशाला आयोजना गरेको संस्थाका सहसंयोजक अनुज कुलुङले बताए ।

Advertisement

व्यावसायिक एवं सिर्जनात्मक लेखनका विविध विषय कार्यशालामा सिकाइएको छ । लेखन र पठन संस्कृतिका सम्बन्धमा केही नयाँ काम गरौँ भन्ने उद्देश्यले आयोजना गरिएको कार्यशाला आगामी दिनमा पनि जारी रहने कुलुङ बताउँछन् ।

२५ प्रशिक्षार्थीलाई लेखक दीपक पराजुलीले लेखनकला सिकाएका थिए । लेखनमा हुन सक्ने गल्ती र त्यसबाट जोगिने तरिका, लेखनलाई प्रभावकारी बनाउने सूत्रहरु, स्तरीय लेखनका लागि अपनाउन पर्ने उपाय आदि माथि कार्यशालामा प्रकाश पारिएको छ ।

तपाईको प्रतिक्रिया