कञ्चन टोलमा ईन्द्र

पोखरा ।
पोखरा १३ स्थित कञ्चन टोल विकास संस्थाको शनिबार भएको १२ औं साधारण सभा तथा चौथो अधिवेशनले नयाँ कार्यसमिति चुनेको छ ।
१३ सदस्यीय नयाँ कार्यसमितिमा उपाध्यक्ष रामबहादुर गुरुङ, सचिव राजेन्द्रप्रसाद बराल, कोषाध्यक्ष जगत गुरुङ र सहकोषाध्यक्ष सुस्मिता पौडेल छन् ।
सदस्यमा धनबहादुर गुरुङ, रश्मि शाही, सीता चापागाईं, मीना बराल, सरस्वती तिमिल्सिना, श्रीराम रानाभाट, चौमाया गुरुङ र वृन्दा परियार सर्वसम्मत बनेका छन् ।
सभामा पोखरा १३ का वडाध्यक्ष किरण बरालले टोल पोखरा महानगरका टोलमध्ये कञ्चन उत्कृष्ट टोल बनेको बताए । टोलको विकासका लागि वडाबाट यथाशक्य पहल हुने उनको भनाइ छ ।
संस्थाका अध्यक्ष ईन्द्रबहादुर गुरुङ्गको अध्यक्षतामा कार्यक्रममा ८० वर्ष पुगेका ज्येष्ठ नागरिक र टोलभित्र स्नातक र सोभन्दा माथिल्लो तह उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा पोखरा वडा नं. १३ को वडा सदस्य सूचिता तामाङ, संस्थापक अध्यक्ष ऋषिराम सापकोटा, काहुँखोला टोल विकास संस्थाका प्रतिनिधि खम्बासिं गुरुङ, तिलकबहादुर कार्की लगायतले धारणा राखेका थिए ।









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया