सुहानाले जितिन् गण्डकी डान्सको उपाधि

समाधान संवाददाता २०७९ फागुन २८ गते १६:२९

पोखरा ।
नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा भएको पहिलो डान्स गण्डकी डान्सको उपाधि सुहाना गुरुङले जितेकी छन् । उपाधि सँगै उनले नगद ५० हजार रुपैयाँको साथमा एक थान मोबाइल र विभिन्न गिफ्ट प्राप्त गरेकी छन् । शुक्रबार पोखरा उद्योग बाणिज्य सघंको सभाहलमा भएको ग्राण्ड फिनालेमा उनले अन्तिम ७ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पार्न सफल भएकी हुन् ।

गुरुङ लाभिन रेसिडेन्सियल स्कुल कक्षा ३ मा अध्ययनरत रहेकी छिन् । फष्ट रनर अफमा युना पुन, सेकेन्ड रनर अफमा अप्सरा क्षेत्री, तेस्रोमा दिब्या गुरुङ, चौथो रनर अफमा आयुसा पोख्ररेल , भिवर च्वाईसमा सुजाता थापामगर, बेष्ट प्रफर्मरको उपाधि सिमा बिकले हात पार्न सफल भए ।

जस अन्तरर्गत फष्ट र सेकेन्ड रनरअफले एक थान मोबाइल सेट, १० हजार रुपैयाँ प्राप्त गरेका छन् । १० ओटा चरणमा पार गरि डान्सको फाइनल कार्यक्रम भएको हो । ग्रान्ड फिनाले प्रतियोगिताको जर्जको रुपमा नृत्य निर्देशक एवम कोरियोग्राफर महेश गोदार, धमेन्द्र पौडेल, रोशनी छिनाल रहेका थिए ।

Advertisement

यस अघिका चरणहरुमा जर्जको रुपमा नायक तथा नृत्य निर्देशक विजय तामाङ, नृत्य निर्देशन मनिष सिंह, सृजना आले, रक्षा कुँवर , जिफानका पूर्वअध्यक्ष एवम गुरुङ चलचित्रकी कलाकार जसु गुरुङ र कोरियोग्रफर कमल गुरुङ रहेका थिए ।

गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआजी बुद्धिराज गुरुङले प्रतियोगिताले गण्डकी प्रदेशमा रहेका नृत्य प्रतिभाको खोजी गर्न सहयोग पुगेको बताए । उनले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु निरन्तर हुनु आवश्यक रहेको जनाए ।

Advertisement

कार्यक्रमको मुख्य प्रयोजकको रुपमा इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्स रहेको थियो । कार्यक्रम सञ्चालन कार्यक्रम निर्देशक कमलराज खनाल र व्यवस्थापक रोहन गुरुङले गरेका थिए ।

तपाईको प्रतिक्रिया