तमु लाम्छाने समाज नेपालको अध्यक्षमा हितमान गुरुङ

समाधान संवाददाता २०७९ फागुन २८ गते १६:४५

पोखरा ।
तमु (गुरुङ) लाम्छाने समाज नेपालको प्रथम अधिवेशन पोखरामा सम्पन्न भएको छ। अधिवेशनले क्या।हितमान गुरुङ(एमबिइ)को अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ।

पोखरामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा हितकाजी गुरुङ, सचिवमा कृष्णकुमार गुरुङ, कोषाध्यक्षमा कमलकुमारी गुरुङ, सहसचिवमा सरोजकुमार गुरुङ, सहकोषाध्यक्षमा शिवप्रसाद गुरुङ चयन भएका छन्। सदस्यमा मनदेवी गुरुङ, उमनसिंह (माओत्सेतुङ) गुरुङ, ध्रुव गुरुङ, जगतबहादुर गुरुङ, बुद्धिबहादुर गुरुङ, गञ्जमान गुरुङ, सुप्रिया गुरुङ, गमबहादुर (गजेन्द्र) गुरुङ र हिमाल गुरुङ रहेका छन् ।

पूर्व राज्यमन्त्री प्रकाशबहादुर गुरुङ, समाजका सल्लाहकार संयोजक खड्कबहादुर गुरुङ, सल्लाहकार शंकर गुरुङ, समाजसेवी मेजर डिलबहादुर गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, बौद्ध अर्घौं सदनका उपाध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङ, सगरमाथा टेलिभिजनका संस्थापक निर्मल गुरुङ, गुरुङ प्राज्ञिक तथा व्यवसायिक मञ्च नेपालका अध्यक्ष रत्नमान गुरुङ, गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी गुरुङ, तमु साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङ, गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान)का अध्यक्ष गुञ्जबहादुर गुरुङ, इञ्जिनियर नारायण गुरुङ लगायतले शुभकामना दिएका थिए ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि ९६ वर्षिय डिलबहादुर गुरुङबाट आर्शिवाद ग्रहणसँगै उनलाई सम्मान गरिएको थियो । समाजका विशिष्ट व्यक्तित्व, अन्र्तराष्ट्रिय अवार्डबाट सम्मानित मे.डिलबहादुर गुरुङ र विशेष सहयोगीलाई पनि सम्मान गरिएको थियो। कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुति गर्दै मनोरञ्जन दिलाएका थिए।

समाजका सचिव कृष्णकुमार गुरुङ र सहसचिव सरोज कुमार गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया