नागबेली तमु समाजको वार्षिकोत्सव
समाधान संवाददाता
२०७९ फागुन २८ गते १६:५४

पोखरा ।
पोखरा ८ नागढुंगास्थित नागबेली तमु समाजको वार्षिक कार्यक्रम तथा स्योकैं सम्पन्न भएको छ । तमु धिं नेपाल समाजका संस्थापक हर्कबहादुर गुरुङ र विशिष्ट अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।
कार्यक्रममा जेष्ठ सदस्य सम्मान, उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कृत एवम सम्मान, आयोजित रमाइलो खेलमा विजयीलाई पुरस्कार वितरणका साथै वार्षिक स्योकैं कार्यक्रम सम्पन्न गरिएको छ ।
समाजका अध्यक्ष विष्णुकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि हर्कबहादुर गुरुङ, विशिष्ट अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, समाजका पुर्व सचिव खेमबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । समाजका उपाध्यक्ष रुद्रबहादुर घले स्वागत र सचिव खडग गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित







मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया