पोखराका पत्रकारले लिए भाषा सम्पादन तालिम

पोखरा
पोखराका क्रियाशील पत्रकारका लागि आयोजित ३ दिने भाषा सम्पादन तालिम आइतबार सकिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीले तालिम आयोजना गरेको हो ।
तालिममा सहभागी ५५ जना पत्रकारलाई भाषाविज्ञ शरच्चन्द्र वस्ती र पत्रकार विमल आचार्यले प्रशिक्षण दिएका थिए । कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले भाषालाई सतहीमा बुझ्न नहुने भन्दै सिकाइ भन्ने कुरा कहिल्यै नसकिने बताए । उनले भाषालाई समुन्नत बनाउन सबैले आआफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिए ।
पत्रकारले सिकेको भाषाले सिंगो पोखराले प्रतिविम्बित गर्ने भन्दै आगामी दिनमा पत्रकारले प्रयोग गर्ने भाषा थप व्यावहारिक बन्ने विश्वास उनले व्यक्त गरे । मेयर आचार्यले पत्रकार महासंघसँग आगामी दिनमा पनि सहकार्य गरेरअघि बढ्ने प्रतिबद्धता जनाए ।
महासंघ कास्की अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बद्रीविनोद प्रतीक, प्रमुख प्रशिक्षक शरच्चन्द्र वस्ती, प्रशिक्षक विमल आचार्य, प्रशिक्षार्थी कमल पौडेल अथक, खीमाकुमारी गुरुङ, कार्यक्रम संयोजक रामप्रसाद तिमेल्सिना, उपाध्यक्ष जमुना शर्मा वर्षा, सहसचिव श्रीराम सिग्देल लगायतले बोलेका थिए ।








अन्नपूर्ण बेसक्याम्पमा सञ्चार विच्छेदको सास्ती : मन्त्री खरेलद्वारा तत्काल टावर राख्ने प्रतिबद्धता
सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
आठौं टुर दी पोखरा’को तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया