पर्वतका गिरी एमाले प्रमुख सचेतक

पोखरा ।
नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।
पर्वतबाट लगातार दोस्रोपटक चुनाव जितेका गिरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका करिब २ महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए । प्रचण्डले राष्ट्रपति चुनावमा गठबन्धन बदलेपछि एमाले सरकारबाट बाहिरिँदा गिरीले पनि राजीनामा दिएका थिए ।
ओलीले सांसद महेश बर्तौलालाई सचेतक चयन गरेका छन् । बर्तौला पहिलोपटक चुनाव जितेर संसदमा आएका हुन् । उनले मकवानपुरमा विरोध खतिवडालाई हराएका थिए ।
उनीहरू दुवै जना कुनै बेलासँगै अनेरास्ववियुको केन्द्रीय कमिटीमा थिए । प्रतिनिधिसभा निर्वाचन भएको ४ महिनापछि ओलीले दलको प्रमुख सचेतक र सचेतकमा युवा नेतालाई जिम्मा दिएका हुन् ।
गिरी विद्यार्थी राजनीतिमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति भएका थिए ।
बर्तौला पनि विद्यार्थी राजनीतिमा हुँदा मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका थिए ।
बर्तौला राष्ट्रपति र उपराष्ट्रपति चुनावमा एमाले उम्मेदवारका प्रतिनिधि हुन् ।
नेकपा विभाजनपश्चात प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा एमालेबाट प्रमुख सचेतकमा विशाल भट्टराई र सचेतक शान्ता चौधरी थिए । गत निर्वाचनमा भट्टराई र चौधरी दुवै पराजित भए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया