पर्वत भँगरा पोखरा सम्पर्क समाजको अध्यक्षमा खड्कबहादुर पौडेल

पोखरा ।
पर्वत जिल्ला, फलेवास नगरपालिका वडा नं।९ भँगरा९साविक भँगरा गाविसबाट पोखरा आई बसोबास गर्ने भँगारेहरुको साझा संस्था पर्वत भँगरा पोखरा सम्पर्क समाजको पाँचौं साधारणसभा र तेश्रो अधिवेशन सम्पन्न भएको छ।
तेश्रो अधिवेशनले खडकबहादुर पौडेल क्षेत्री को अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।
आगामी दुईवर्षका लागि समाजको उपाध्यक्षमा देवबहादुर पौडेल क्षेत्री, सचिवमा अग्निप्रसाद भुसाल, सहसचिवमा बाबुराम सुवेदी,कोषाध्यक्षमा चन्द्रबहादुर क्षेत्री, सहकोषाध्यक्षमा बिन्दु क्षेत्री चयन भए । यसरी नै सदस्यहरुमा राजकुमार गुरुङ, हरीबहादुर क्षेत्री, गंगाबहादुर क्षेत्री, विष्णु क्षेत्री, विष्णु शर्मा सुवेदी, राजु कुँवर, राजबहादुर गुरुङ, लालप्रसाद गौतम गुरुङ र रामु काफ्ले छन् ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक कृष्णबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराए । नयाँ कार्यसमिति निर्वाचनका लागि कृष्णबहादुर गुरुङ, मेजर गणेश पौडेल र हिरामणी भुषाल रहेको निर्वाचन समिति गठन गरिएको थियो।
नवनिर्वाचित अध्यक्ष खड्कबहादुर पौडेलले सम्पर्क समाजको जिम्मेवारी ग्रहणले आफुलाई समाज र जन्मेहुर्केको गाँउप्रति थप जिम्मेवार बनाएको र सबैलाई समेटेर, समन्वय गरी संस्थालाई क्रियाशिल बनाइ अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले समाजका अग्रजदेखि सम्पूर्ण सदस्यहरुलाई धन्यवाद व्यक्त गरे ।
यस अघि साधारणसभा तथा अधिवेशनको प्रमुख अतिथि समाजका संस्थापक अध्यक्ष हुतराज गुरुङ दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । उनले साधारणसभा तथा अधिवेशनको सफलताको शुभकामना व्यक्त दिए ।
उक्त कार्यक्रममा समाजका जेष्ठ नागरिकहरुलाई सम्मान, विभिन्न सहयोगी संस्थाहरुलाई सम्मान, निर्वतमान अध्यक्षलाई सम्मान समेत गरिएको थियो भने कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुति गरेका थिए।
साधारणसभामा सचिव देवबहादुर क्षेत्रीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष चन्द्रबहादुर पौडेल क्षेत्रीले गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो।
समाजका अध्यक्ष नवीन पौडेल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खड्कबहादुर पौडेलले स्वागत, सचिव देवबहादुर क्षेत्रीले कार्यक्रम संचालन गरेका थिए ।
तपाईको प्रतिक्रिया