केन्टका नयाँ फिल्टर बजारमा

समाधान संवाददाता २०७९ फागुन २९ गते १०:४४

पोखरा ।
नेपालमा केन्ट उत्पादनहरूका लागि एकमात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्था इओएल प्रालिले केन्ट पर्ल स्टार, केन्ट क्रिस्टल स्टार र केन्ट क्रिस्टल प्लस गरी ३ आरओ मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ ।

केन्ट पर्ल स्टार आरओ वाटर प्युरिफायर शुद्धताको डिजिटल डिस्प्लेको साथ आउँछ । यसले शुद्ध पानीको गुणस्तर, फिल्टरको जीवन, आरओ प्रवाह दर आदिको वास्तविक समय अनुगमन गर्न अनुमति दिन्छ । यसले आरओ, युभी, युएफ र टिडिएस नियन्त्रणको बहुविध शुद्धिकरण प्रक्रियाद्वारा पानीलाई १०० प्रतिशत शुद्ध बनाउन प्रयोग गर्छ ।

यो आरओ वाटर प्युरिफायर पानीलाई शुद्ध गरेर यसको अत्यावश्यक प्राकृतिक खनिजहरूलाई यथावत राख्छ । केन्ट पर्ल स्टारको बजार मूल्य ४९ हजार ९ सय ९० रुपैयाँ छ । क्रिस्टल सिरिजको स्टार, केन्ट क्रिस्टल स्टार एक प्राविधिक रूपमा उन्नत आरओ वाटर प्युरिफायर हो । जसमा शुद्धताको डिजिटल डिस्प्ले सुविधा छ ।

Advertisement

यसले आरओ र युभीको बहुविध शुद्धिकरण प्रक्रिया प्रयोग गर्छ । युएफ टिडिएस कन्ट्रोलले पानीलाई १०० प्रतिशत शुद्ध बनाउनका लागि आवश्यक प्राकृतिक खनिजहरू कायम राख्दछ । केन्ट क्रिस्टल स्टारको बजारको मूल्य ४८ हजार ९ सय ९० रुपैयाँ छ ।

केन्ट क्रिस्टल प्लस आरओ, युभी, युएफ, टिडिएस कन्ट्रोल प्रविधिमा आधारित छ । मिनरल आरओटीएम प्रविधि भएको यो प्युरिफायरले इनबिल्ट टिडिएस कन्ट्रोलर प्रयोग गरी शुद्ध पानीमा आवश्यक प्राकृतिक खनिज यथावत राख्छ ।

Advertisement

कम्पनीले यसको बजारको मूल्य ३५ हजार ९ सय ९० रुपैयाँ तोकेको छ । केन्ट आरओ प्युरिफायरहरूलाई डब्ल्युक्युएको अन्तर्राष्ट्रिय प्रसिद्ध गोल्ड सिल र एनएसएफ (संयुक्त राज्य अमेरिका) बाट प्रमाणपत्र प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया