गोवद्र्धनको नेतृत्वमा किसान महासंघ गण्डकी

समाधान संवाददाता २०७९ फागुन २९ गते ११:०९

पोखरा ।
अखिल नेपाल किसान महासंघ गण्डकीको प्रथम प्रदेश सम्मेलन भएको छ । सम्मेलनले अध्यक्ष गोवद्र्धन गौलीको नेतृत्वमा ५ पदाधिकारीसहित ६९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । महासंघ गण्डकीको उपाध्यक्ष श्रीप्रकाश थापा, सचिव मणि पाण्डे, सहसचिव टीकाराम त्रिपाठी र कोषाध्यक्ष विष्णुप्रसाद सुवेदी छन् ।

प्रदेश कार्यसमितिको सदस्यमा ११ जिल्लाका अध्यक्ष, १७ विषयगत समितिका अध्यक्ष ३६ निर्वाचन क्षेत्रीय समन्वय समितिका अध्यक्ष पदेन सदस्य रहने अध्यक्ष गौलीले जानकारी दिए । किसान महासंघका केन्द्रीय उपाध्यक्ष रामबहादुर थापाले निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनियताको सपथ गराए ।

अखिल नेपाल किसान महासंघका केन्द्रीय महासचिव तथा बर्दियाको बाँसगढी नगरपालिकाका मेयर खड्गबहादुर बस्नेतले सम्मेलनको उद्घाटन गर्दै किसानको उत्पादनको आधारमा अनुदान दिनुपर्ने बताए ।

Advertisement

‘सरकारले कृषि बिमा, कृषि सहुलियत ऋण, सिँचाइको व्यवस्था र कृषि उत्पादनको बजारीकरणका लागि सहजीकरण गर्नुपर्छ,’ उनले भने, ‘प्रत्येक पालिकाले किसानले उत्पादन गरेको कृषि उपजको समर्थन मूल्य तोक्नुपर्छ ।’ उनले कृषि उत्पादनलाई वन्य जन्तुको आक्रमणबाट जोगाउन छुट्टै कोष खडा गर्न माग गरे ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघ केन्द्रीय सचिव गोवद्र्धन गौलीले गण्डकी प्रदेशमा विषादीयुक्त तरकारी, फलफुल विक्री वितरणमा रोक लगाउन क्वारेन्टिनबाट जाँच पासको व्यवस्था गर्न आग्रह गरे । सुन्दरबजार १ कुन्छा लमजुङमा ७ सय रोपनी क्षेत्रफलमा हिर्कुस एग्रोफार्म चलाएका गौलीले परम्परागत कृषि प्रणालीमा सुधार गर्दै आधुनिक व्यवसायिक कृषि प्रणालीको विकासमा जोड दिए ।

Advertisement

उनले किसान महासंघको तनहुँको दमौलीमा २०७९ भदौ ८ गते बसेको बैठकले तय गरेका किसानका मागलाई हरेक पालिका स्तरमा पूरा गर्न दबाबमुलक कार्यक्रम गर्ने जानकारी दिए ।

कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी उपाध्यक्ष तथा जनसंगठन समन्वय संयन्त्र प्रमुख मोहन रेग्मी, अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेश कमिटीका संयोजक देवु बिष्ट, सहसंयोजकद्वय चूडामणि बराल र श्रीप्रकाश थापाले किसानका समस्या बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया