नेपाली भाषा शिक्षक परिषद्मा डिल्लीराज

समाधान संवाददाता २०७९ फागुन २९ गते ११:२४

पोखरा ।
नेपाली भाषा शिक्षक परिषद् कास्की नेपालको १३ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले डिल्लीराम अर्यालको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । वरिष्ठ उपाध्यक्षमा सूर्यप्रसाद लम्साल, उपाध्यक्ष विक्रम पौडेल, महासचिव शिवहरि सुवेदी, सचिव नारायणप्रसाद पराजुली र कोषाध्यक्षमा इन्दिरा सुवेदी छन् ।

Advertisement

परिषद सदस्यमा विष्णुप्रसाद पौडेल, पार्वती खनाल, पोष्टराज सुवेदी, हरिप्रसाद शर्मा, प्रेमनारायण ढकाल, सावित्री पौडेल बराल, सावित्री पहारी, प्रदीप पोख्रेल, भावना लामिछाने र झलक पौडेल निर्वाचित भए । कार्यक्रममा नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले नेपाली भाषाको एकरूपताका लागि भाषाविज्ञका बीचमा गम्भीर छलफल हुनुपर्ने धारणा राखे ।

समारोहमा कार्यक्रममा नेपाली भाषा तथा साहित्यमा महत्वपूर्ण योगदान गर्ने भाषाविद् मुकुन्दशरण उपाध्याय र परिषद्का सल्लाहकार एवं पूर्व अध्यक्ष डोलराज अर्याललाई सम्मान गरिएको छ । भाषाविद् उपाध्यायले भाषामा वैज्ञानिकता खोजी गर्नुपर्ने विचार व्यक्त गरे ।

परिषद् अध्यक्ष डिल्लीराम अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सूर्यप्रसाद लम्साल, सल्लाहकार डा यामनाथ तिमिल्सिना, डा पुण्यप्रसाद पौडेल, माधवशरण उपाध्याय, बोधराज ढकाल, डोलराज अर्याल, युनिप्स नेपाल अध्यक्ष सन्तबहादुर गुरुङ, गणित शिक्षक परिषद्का अध्यक्ष डिल्लीराम अधिकारी, विज्ञान विषय समाजका अध्यक्ष शान्ताराम लामिछाने, जिल्ला शाखा पर्वतका अध्यक्ष सन्तोष पौडेल लगायतले बोलेका थिए ।

डोलराज अर्याल संयोजक तथा दिनेश सापकोटा र भानुभक्त पोख्रेल सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन प्रक्रियामा सहजीकरण गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया